कम्पनीले उत्पादन गर्ने प्रान पोट्याटो क्र्याकरमा नापतौलबाट गुणस्तर चिह्न नलिई लोगो राखेपछि सरकारले उद्योग बन्द गराएको हो ।
ओडीएटी फुड एन्ड वेभरेज प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति नलिई आफ्नो उत्पादनमा ‘एनएस’ छाप लगाएपछि सरकारले उद्योगमा सिल लगाएको छ ।
कम्पनीले उत्पादन गर्ने प्रान पोट्याटो क्र्याकरमा नापतौलबाट गुणस्तर चिह्न नलिई लोगो राखेपछि सरकारले उद्योग बन्द गराएको हो ।
विभागको टोलीले उद्योगमा अनुगमन गर्दा उत्पादित वस्तुमा एनएस चिह्न राखिएको तर, विभागबाट स्वीकृति नलिएको पाएपछि उद्योगमा सिलबन्दी गरिएको बुधबार विभागले विज्ञप्ति गर्दै जानकारी दिएको हो ।
कम्पनीलेस्वीकृति नलिई वर्षौदेखि आफ्नो उत्पादनमा एनएस लोगो छापेर सामान विक्री गर्दै आएको बताएको छ । गुणस्तरबाट एनएस चिह्न लिन उद्योगीले नियमानुसार उत्पादन गर्नुपर्छ । उनीहरुको गुणस्तर बारेमा विभागले परीक्षण गरेपछि मात्रै सरकारले एनएस चिह्न उपलब्ध गराउने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।