विभागले शिवज्योती ट्रेडिङ कालीमाटी, सुरज स्टोर्स जोरपाटी, रोशी सुपरमार्ट गंगबु, पञ्चस्टोर्स बालकुमारी, तिमिल्सिना किराना स्टोर्स, बंगालामुखी स्टोर्स बालकुमारीमा सिल गरेर सञ्चालकलाई पक्राउ गरेको हो । सबै पसल दैनिक उपभोग्य वस्तु बिक्री गने पसल हुन् । पसलको नाम सार्वजनिक गरे पनि अनुसन्धानमा रहेको भन्दै व्यापारीको नाम सार्वजनिक गरेको छैन ।
बजार अनुगमनको क्रममा प्रचलित कानुन विपरित उपभोक्तालाई ठगी गरेको आरोपमा सात जना व्यापारी पक्राउ परेका छन् । बजारको मूल्यवृद्धि, कालोबजारी नियन्त्रण गर्न वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग नेतृत्वमा भएको अनुगमनमा बुधबार सात पसलमा सिल लगाई सञ्चालकलाई पनि पक्राउ गरेको हो ।
विभागले शिवज्योती ट्रेडिङ कालीमाटी, सुरज स्टोर्स जोरपाटी, रोशी सुपरमार्ट गंगबु, पञ्चस्टोर्स बालकुमारी, तिमिल्सिना किराना स्टोर्स, बंगालामुखी स्टोर्स बालकुमारीमा सिल गरेर सञ्चालकलाई पक्राउ गरेको हो । सबै पसल दैनिक उपभोग्य वस्तु बिक्री गने पसल हुन् । पसलको नाम सार्वजनिक गरे पनि अनुसन्धानमा रहेको भन्दै व्यापारीको नाम सार्वजनिक गरेको छैन ।
भाटभटेनी सुपरमार्केट कलंकीबाट भने म्याद गुज्रेका केही सामान बरामद गरेको विभागले जनाएको छ । प्रचलित कानुन विपरित सामानको बिक्री गरेको भेटिएकाले सात पसलमा सिल गरी सञ्चालकलाई पक्राउ गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । पक्राउ गरेका व्यापारीलाई महानगरीय प्रहरी टेकुमा राखिएको छ । अनुसन्धानबाट दोषी ठहरिए कानुन बमोजिम कारबाही गर्ने विभागले जनाएको छ ।
अनुगमनको क्रममा अधिकांश मूल्य सूची नराखेको, लेबल, उत्पादन मिति नभएका, म्याद गुज्रेका सामान बिक्री गरेकोको भेटिएको थियो । सरकारको बजेट भाषणपछि विभिन्न बहाना बनाएर व्यापारीले कृत्रिम मूल्यवृद्धि गरेको भन्दै विभागले अनुगमनलाई सघन बनाएको छ । बुधबारमात्रै कालीमाटी, कुलेश्वर, कलंकी, पुरानो बानेश्वर, मैतीदेवी, बालकुमारी, सातदोबाटो, बालाजु, गंगबु, बनस्थली लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो ।