आइएमई र ग्राण्डी अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले ग्राण्डी अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउनेछन् ।

आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच गत सोमबार सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले ग्राण्डी अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउनेछन् । यो सुविधा अस्पतालभित्रको सेवामा मात्र लागू हुनेछ ।

त्यसैगरी चिकित्सकीय परामर्श लगायत विभिन्न दश प्रकारका ल्याब परीक्षण सेवाका लागि जम्मा एक हजार पाँच सय रुपैयाँमा स्वास्थ्य परीक्षण प्याकेज समेत प्राप्त गर्न सकिने छ । यो सुविधा लिन आइएमई प्रिभिलेज कार्ड देखाउनु पर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र ग्राण्डी अस्पतालका तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता यही असार ११ गतेदेखि एक वर्षसम्म लागू हुनेछ ।