कराेडाैंका २५ बिजनेस आइडिया, जसलाई मूर्तरूप दिन मसँग समय छैन

इन्टरनेटको व्यापकताले उद्यमशील संसारमा प्रवेश गर्ने मार्गलाई लोकतान्त्रिक बनाइदिएको छ । विश्वमा लगभग कहीँबाट पनि (इन्टरनेटको पहुँच भएको) निर्माताले वास्तविक कुरा देखाउन सक्छन् तथा वार्षिक लाखौं डलर कमाउने व्यावहारिक व्यवसाय खोल्न सक्छन् ।

यहाँ एउटा राम्रो बिजनेस आइडिया छ । व्यक्तिका लाखौं समस्यामध्ये एउटामा ध्यान केन्द्रित गर्नुहोस् जसको तपाईंले समाधान गर्न सक्नुहुन्छ ।

इन्टरनेटको व्यापकताले उद्यमशील संसारमा प्रवेश गर्ने मार्गलाई लोकतान्त्रिक बनाइदिएको छ । विश्वमा लगभग कहीँबाट पनि (इन्टरनेटको पहुँच भएको) निर्माताले वास्तविक कुरा देखाउन सक्छन् तथा वार्षिक लाखौं डलर कमाउने व्यावहारिक व्यवसाय खोल्न सक्छन् ।

हुन त प्रविधिले व्यवसाय सुुरू गर्दा हुने बाधा–अड्चनलाई घटाएको छ, तैपनि ती अवरोधहरु हल हुने प्रतीक्षामा समस्याहरुको अविरल आपूर्ति अझै पनि छँदै छ । लाखौं आइडियाका साथसाथै तपाईंको स्टार्टअप बनाउन (केही भाग्य र सही समयका अतिरिक्त) वास्तवमै यसले अरु के–के लिएको हुन्छ ?

प्रक्रिया । तपाईंले सुरु मात्र गर्नु छ । अरु कोही पनि आएर तपाईंको कम्पनी बनाइदिन्न । तर… सुरू गर्ने सबैभन्दा राम्रो ठाउँ कहाँ छ ? मैले २५ ओटा व्यावसायिक आइडियालाई एकत्र गरेको छु, मलाई विश्वास छ ती लाखौंका छन् । तर तिनीहरुलाई बनाउन मसँग समय छैन, किनकि म आफ्नै आइडियाको पूर्ण समर्थक हुँ । आफ्नो व्यावसायिक धरातल पाउन तल दिइएकामध्ये कुनै पनि तपाईंका लागि गज्जबको प्रारम्भिक बिन्दु हुन सक्छ ।

१. जिमेल एक्सटेन्सन
आधुनिक व्यवसायले आफ्नो काम पूरा गर्न इमेलमा भर पर्छन् । जिमेल एक्सटेन्सन बनाउने दर्जनौं अवसर छन्, जुन प्रोफेसनल व्यक्तिको समय बचाउन उनीहरुको कामको प्रवाहलाई स्वचालित बनाउँछन् ।

२. ड्रोन भिडियोग्राफी
वायुयान प्रविधिमा भएको सुधारले ड्रोनलाई माथि जान अनि सुन्दर दृश्यावलोकन गर्न र ठूला घरमाथि उड्न पहिलेभन्दा निकै सरल बनाइदिएको छ । व्यावसायिक र आवासीय घर बनाउने रियल इस्टेट व्यापारीहरुले आफ्ना ग्राहकलाई लोभ्याउन ड्रोन भिडियोग्राफरलाई भने जति पैसा दिइरहेका छन् ।

३. बारम्बार सोधिने प्रश्नका लागि च्याटबोट निर्माण गर्ने
कम्पनीमा आफ्ना ग्राहकको समस्या समाधानका लागि सातामा उनीहरुसँगको कुराकानीमा घण्टौं समय खर्च गर्छन् । सरल, सुलभ तथा राम्रो च्याटबोट बनाएर उनीहरुको काम स्वचालित बनाउन सहयोग गर्नुस् ।

४. ड्रप सिपिङ
तपाईं कुनै पनि वस्तु नराखीकन ई–कमर्स व्यवसाय सुरू गर्न सक्नुहुन्छ । यदि तपाईंले सही ठाउँमा हात हाल्नुभयो भने ड्रप सिपिङ भनिने यस्तो प्रयास वास्तवमा न्यून जोखिम र कम झन्झटिलो हुन्छ ।

५. पाठ्यक्रम बनाउनुहोस्
यदि तपाईंले साँच्चै नै कुनै उद्यम वा काम जान्नुभएको छ भने त्यससम्बन्धी पाठ्यक्रम बनाएर अनलाइनमा सजिलै बिक्री गर्न सक्नुहुन्छ । यसले आवश्यक व्यक्तिहरुलाई नयाँ कौशल सिक्न मद्दत गर्छ । यसका लागि तपाईंले केवल संसाधनको मात्र लगानी गरे पुग्छ ।

६. सोसल मिडियाको एकाउन्ट सञ्चालन गर्नुहोस्
अलग अलग कम्पनीका लागि सोसल मिडिया एकाउन्ट चलाउन थाल्नुस् । धेरै सामाजिक च्यानलमा पहुँचको लाभ उठाएर बिक्री तथा लगानीको प्रतिफल बढाउन सक्ने आफ्नो क्षमताको विज्ञापन गर्नुहोस् ।

७. इन्टरनेट उत्प्रेरक बन्नुहोस्
इन्टरनेट सेलिब्रिटी बन्न आजकल हरेक बालबालिकाको सपना हुन्छ । र, राम्रो कारणका लागि, इन्टरनेटमा प्रख्यात भएपछि तपाईंलाई अत्यधिक मिल्छ र दर्शकहरुमा तपाईंको राम्रो प्रभाव पर्छ ।

८. सम्बद्ध व्यापार
सम्बद्ध व्यापार एउटा त्यस्तो साझेदारी व्यवसाय हो जसलाई तपाईं (ब्लगर वा मार्केटर)सँग भएका अनलाइन रिटेलरको साझेदारीमा गर्न सकिन्छ । ती सबै अनलाइन रिटेलरले तपाईंले रिफर गरेका सामानको बिक्रीमा तपाईंलाई कमिसन दिन्छन् ।

९. कार्यक्रमको आयोजना तथा प्रचार–प्रसार
रेस्टुरेन्ट, क्लब र अन्य वार्षिकोत्सजस्ता कार्यक्रममा प्रायः ग्राहक तथा दर्शकको भीड जुटाउन सङ्घर्ष गरिरहेका हुन्छन् । मार्केटरका रुपमा आफ्नो क्षमताको उपयोग गरेर, तपाईंले यी स्थानहरुमा ग्राहक एवम् दर्शक जाने वातावरण बनाइदिएर त्यसबापत राम्रै कमिसन प्राप्त गर्न सक्नुहुन्छ ।

१०. रियल इस्टेटमा लगानी
जुनसुकै बजारमा लाभ लिन अचल सम्पत्ति खरिदबिक्रीका अवसर हुन्छन् । आफूसँग केही पुँजी छ भने तपाईं केही जोखिम लिएर आवासीय तथा व्यावसायिक अचल सम्पत्तिमा दीर्घकालीन लगानी गर्न सक्नुहुन्छ ।

११. घोस्टराइटिङ
यदि सही ग्राहक फेला पर्छन् भने तपाईंले आफ्नो क्षमतालाई गम्भीर व्यवसायका बारेमा छिटो तथा राम्रो लेख्नेतर्फ मोड्न सक्नुहुन्छ । जबसम्म तपाईंले समयानुसार निरन्तर गुणस्तरीय सामग्री दिनुहुन्छ त्यतिन्जेलसम्म तपाईंको व्यवसाय बढ्न बाध्य हुन्छ ।

१२. अनुवाद
आफ्नो मातृभाषाबाहेक अर्काे भाषामा पनि दक्ष व्यक्ति निकै मूल्यवान हुन्छन् । त्यसका लागि तपाईंलेल आफ्नो पनि वेबसाइट बनाउनुहोस् । र, आफूले पनि यीयी भाषामा दक्ष छु भन्ने किसिमको जानकारी त्यहाँ दिनुहोस्, जहाँबाट अरुका वेबसाइट, अभिलेख तथा अन्य सामग्री अनुवाद गर्नुहोस् । त्यसको पर्याप्त ‘सेवाशुल्क’ पनि लिनुहोस् ।

१३. वेबसाइटलाई फ्लिप गर्नु
फ्लिप अथवा कुनै अन्य अनलाइन व्यापार बजारको उपयोग गरेर तपाईंले परियोजना, डोमेन र वेबसाइट किन्न र बेच्न सक्नुहुन्छ । सही दृष्टिकोणले तपाईं विचारशील आइडियाका लागि राम्रै डिल पाउन सक्नुहुन्छ । र, सही क्षेत्रमा एउटा सानो लगानी गरेर त्यसलाई लाभमा रुपान्तरण गर्न सक्नुहुन्छ । म व्यक्तिगत रूपले यसो गरेर हरेक वर्ष राम्रो स्वस्थ आय बनाउन सक्षम छु ।

१४. एउटा न्युजलेटर सुरू गर्नुहोस्
सक्रिय पाठकहरुलाई एउटा न्युजलेटर बनाउनु निकै आकर्षक व्यावसायिक अवसर हो । किनकि विज्ञापनदाताहरुले आफ्नो वस्तुको नाम सही व्यक्तिहरुसम्म पुर्याउन राम्रै रकम दिन्छन् । सानो स्तरबाट सुरु गर्नुहोस्, जसलाई तपाईंले महत्त्व दिन सक्नुहुन्छ र समयसँगै यसका फलोअरहरु बढेको पाउनुहुनेछ ।

१५. फ्रिलान्स डिजाइनर
फोटोसप अथवा स्केचको उपयोग कसरी गर्ने भन्ने सिक्नुहोस् । त्यसपछि डिजाइन गर्न थाल्नुस् र विस्तारै पैसा कमाउनुहोस् । एटा फ्रिलान्सरका रूपमा तपाईंले निकै आर्जन गर्न सक्नुहुन्छ र व्यवसाय बढाउँदै आफ्नो प्रगतिलाई दिशा दिन सक्नुहुन्छ ।

१६. शारीरिक ट्रेनर
तपाईं स्वस्थ जीवनशैली बनाइराख्न चाहनुहुन्छ भने, फिटनेस ट्रेनरका नाताले एउटा राम्रो व्यवसाय हुन सक्छ । मान्छेहरुको ठूलो सङ्ख्याले आफू सधैं स्वस्थ र तन्दरुस्त रहिरहन चाहन्छ र यसकालागि खर्च गर्न सक्छ । निीहरुलाई सही बाटोमा लैजाने सही मान्छेको खाँचो भइरहेको हुन्छ ।

१७. क्रेगलिस्ट फ्लिपिङ
क्रेगलिस्ट काम खोज्नका लागि सुनको खानी हो, जसलाई तपाईंले लाभका लागि फ्लिप गर्न सक्नुहुन्छ । अनलाइनमा अति धेरै संसाधन उपलब्ध छन्, जसले तपाईंलाई त्यहाँ भएकामध्ये सबैभन्दा राम्रो सौदा चिन्न सहयोग गर्न सक्छन् ।

१८. स्टक लगानीकर्ता
सेयर बजारमा निपुण लगानीकर्ता बन्न आफ्नो पैसा र समय लगाउनुहोस् । यसमा आउने प्रतिफल सामान्यतया अस्थिर तथा जोखिमपूर्ण हुन्छ । त्यसैले बजारको खेललाई सही ढङ्गले खेलेर आफ्नो धनलाई छिटो वृद्धि गर्न सक्नुहुन्छ । हुन त मैले यसमा आफ्नो समय खर्चेको छैन, तर मैले चिनेका धरैले यसमा राम्रै गरिरहेका छन् ।

१९. किसान बजार
यदि तपाईंले आफ्नो क्षेत्रका कुनै किसानलाई चिन्नुभएको छ भने तिनीहरुसँग सम्पर्क गरेर उनीहरुको उत्पादन बजारमा बेच्न सक्नुहुन्छ । नगदमा उनीहरुको वस्तु किन्नुभन्दा कमिसनका आधारमा किसानहरुसँग साझेदारी गरेर आफ्नो जोखिम कम गर्न सक्नुहुन्छ ।

२०. विज्ञापन परामर्शदाता
अधिकांश व्यवसाय आफ्नो व्यापारलाई मुख्यधारमा ल्याउन कुनै विज्ञापनमा खर्च गर्नमा विश्वास गर्छन् । एडवर्ड अथवा फेसबुक विज्ञापनमा दक्षता हासिल गर्नुहोस् र ग्राहकले विज्ञापनमा गर्ने खर्चको व्यवस्थापन गरी प्रशस्त आम्दानी गर्नुहोस् ।

२१. ट्युसन
कुनै प्रफेसनल कोर्स होस वा समान्य स्कुलको गसहकार्य, विद्यार्थीलाई प्रायः सहयोगको आवश्यकता पर्छ । एउटा राम्रो स्रोत व्यक्ति बनेर विद्यार्थीलाई सफल बन्न मद्दत गरी मनग्य कमाउनुहोस् ।

२२. आउटसोर्स सहायक
राम्रो तलब खाने सीईओसँग जागिरमा आइपर्ने कतिपय प्रशासनिक कार्यका बारेमा चिन्ता लिने समय र ऊर्जा हुँदैन । तपाईंले धनाढ्य व्यक्तिहरुलाई उनीहरुको समय बचतमा सहयोग गर्न सक्नुहुन्छ । यसका लागि आउटसोर्स दिने एउटा टिम बनाउन सक्नुहुन्छ । तपाईंको टिमले दिएको सेवाबापत मनग्गे पारितोषिक दिन पाउँदा सेवाग्राही खुसी हुनेछन् ।

२३. समीक्षक बन्नुहोस्
मान्नस् या नमान्नुस्, तपाईंले कुनै उत्पादनको समीक्षा गरी त्यसलाई अनलाइनमा प्रकाशन गरेर ‘व्यावसायिक समीक्षक’का रुपमा मनग्गे पैसा कमाउन सक्नुहुन्छ । डोमेन अधिकार प्राप्त गर्न केही समय लाग्ला । तर थोरै समयपछि नै तपाईं आफ्नो क्षेत्रको अग्रणी विचारक बन्न सक्नुहुन्छ ।

२४. जीवन अनुशिक्षण
जीवन अनुशिक्षक बन्नु जति सजिलो छ, त्यति नै सजिलो आफ्नो विगतको अनुभवले अरुलाई शिक्षित गरेर प्रशस्त आर्थिक लाभ लिन छ । चाहे त्यो क्रियाशील रणनीति अथवा सामान्य सल्लाह दिएर होस्, तपाईं सम्भवतः जीवन अनुशिक्षण या सलाहकारका रुपमा एउटा निश्चित स्थान पाउन सक्नुहुन्छ ।

२५. वेबसाइट बनाउनुहोस्
कैयौं कम्पनी तथा पेसागत विशेषज्ञहरुले प्रतिनिधित्व गर्न आफ्नो वेबसाइटलाई अनलाइन गर्न चाहन्छन् । तर, यसो गर्न उनीहरुसँग यसको ज्ञान हुँदैन । उनीहरु आफ्नो व्यवसायका लागि गुणस्तरीय वेबसाइटमा, जसमा उनीहरुको ब्रान्ड–छविको राम्रो प्रदर्शन होस्, खर्च गर्न कत्ति पनि हिचकिचाउँदैनन् ।
इन्टरप्रेनर एसिया प्यासिफिकको अनलाइन संस्करणमा जोन रेम्पटनको लेखको अनौपचरिक अनुवाद ।
यसमा व्यक्त गरिएका विचार लेखक इन्टरप्रेनर स्वयमका हुन् ।