ब्लकचेनप्रति निजी कम्पनी र सरकारको मोह

नेटवर्कमा आउने सबै ट्रान्जेक्सनलाई ब्लक्समा बाँडेपछि अति परिष्कृत गणितको माध्यमले सबै ब्लक्सलाई एकै साथ जोडिन्छ । जसले गर्दा यसलाई पुनः फर्केर जान असम्भव हुन्छ । साथै पुराना रेकर्डहरुमा कुनै प्रकारका तलमाथि गर्न पनि सम्भव हुँदैन ।

भारतीय कम्पनी रिलायन्सलाई पहिलो पटक गत नोभेम्बर ५ मा ब्लकचेनको प्रयोग भई भुक्तानी प्राप्त भयो । हुन त, भारतमा ब्लकचेनमा आधारित भर्चुअल मुद्रामाथि प्रतिबन्ध छ, तर यसको प्रविधिमा कैयौं उद्योगहरुमा ठूलो परिवर्तन ल्याउने क्षमता छ । मूलतः ब्लकचेन हो के ? तथा यसको भविष्य के हो ? जानौं यी प्रश्नहरुको उत्तर :

ब्लकचेनको बिटक्वाइनसँग केही सम्बन्ध छ ?
बिल्कुल छ । पहिला ब्लकचेनको प्रयोग नै बिटक्वाइनका हरेक ट्रान्जेक्सनलाई स्टोर गर्ने डाटाबेसका रूपमा गरिएको थियो ।

यसलाई ब्लकचेन किन भनिन्छ ?
बिटक्वाइनको व्याख्या गर्ने मूल अभिलेखहरुमा भर्चुअल मुद्राका नयाँ डाटाबेसलाई ब्लकचेनका रूपमा परिभाषित गरिएको छैन । तर, पछि गएर यसलाई ब्लकचेन नाम दिइयो । किनकि नेटवर्कमा आउने सबै ट्रान्जेक्सनलाई ब्लक्समा बाँडेपछि अति परिष्कृत गणितको माध्यमले सबै ब्लक्सलाई एकै साथ जोडिन्छ । जसले गर्दा यसलाई पुनः फर्केर जान असम्भव हुन्छ । साथै पुराना रेकर्डहरुमा कुनै प्रकारका तलमाथि गर्न पनि सम्भव हुँदैन ।

अन्य ट्रान्जेक्सन डाटाबेसभन्दा कसरी फरक छ ब्लकचेन ?
आर्थिक अभिलेख सङ्ग्रहको प्रयोगमा आउने अधिकांश डाटाबेसको रेखदेख एउटा केन्द्रीय अथोरिटीद्वारा हुने गर्छ । जस्तै कि, बैङ्क आफ्ना सबै ग्राहकहरुको खातामा भएको धन रेखदेख गर्नका लागि जिम्मेवार हुन्छ । बिटक्वाइनको ब्लकचेन डाटाबेसमा खाता राखिन्छ तथा बिटक्वाइन नेटवर्कसँग जोडिएका सबै कम्प्युटरद्वारा यसलाई अपडेट गरिन्छ ।

बिटक्वाइनको साझेदारी हुने प्रकृति भर्चुअल मुद्राका लागि उपयोगी हुन्छ । किनकि यसलाई तयार गर्ने सन्तोषी नाकामातो चाहन्नथे कि कुनै एउटा केन्द्रीय अथोरिटीको बलबुतामा मुद्रा बनाइयोस् । अभिलेखहरुको सङ्ग्रह सामुदायिक स्तरमा हुने भएकाले यसमा कुनै एक कम्प्युटर वा संस्थाको एकाधिकार हुँदैन । यदि यसलाई राख्नेले कुनै एउटा कम्प्युटर ह्याक गर्यो वा अफलाइन मोडमा यससँग छेडखानी गरियो भने अरु कम्प्युटरले काम गर्छन् ।

के सबै ब्लकचेन प्रोजेक्ट्स कुनै न कुनै रूपमा बिटक्वाइनसँग जोडिएका हुन्छन् ?
हुन्नन् । अधिकांश ब्लकचेनको बिटक्वाइनसँग गोरु बेचेको साइनो पनि हुँदैन । केही वर्षसम्म बिटक्वाइन ब्लकचेनको सञ्चालन भएपछि धेरैको मनमा लाग्यो कि, यदि बिटक्वाइन ब्लकचेनको डिजाइनलाई ती खाताहरुको सुरक्षा गर्न पनि प्रयोग गरिएको भए कस्तो हुँदो हो, जसको बिटक्वाइनसँग कुनै सम्बन्ध छैन ।

के ब्लकचेनको प्रयोग केवल भर्चुअल मुद्रा ट्रान्जेक्सनको रेकर्ड राख्न मात्र हुन्छ ?
हुँदैन । सुरु सुरुमा बिटक्वाइन ब्लकचेनको नक्कल गर्ने अधिकांश प्रयास प्रोग्रामिङका ती एक्सपर्टहरुले गरे जो बिटक्वाइनभन्दा अलि फरक फिचर भएका भर्चुअल मुद्रा तयार गर्न चाहन्थे । कालान्तरमा केही नयाँ भर्चुअल मुद्रामा केही महत्त्वपूर्ण नयाँ फिचरहरु जोडिए । जसले अरु धेरै प्रकारका केही सूचनाहरुलाई ह्यान्डल गर्न सकोस् भनेर यी फिचरले ब्लकचेनको अवधारणामा नयाँ दृष्टिकोण दियो ।

डाटा स्टोर गर्ने पुरानो पद्धतिका केही सीमा छन् । यदि कुनै ह्याकरले उक्त अथोरिटीमा कुनै किसिमको बदमासी गरेमा सो डाटाबेसमा निर्भर सबै कामकाज ठप्प हुनेछन् । प्राकृतिक प्रकोपका बेला पनि यस्तो हुनसक्छ । तर, ब्लकचेनसँग यस्तो हुँदैन ।

अहिले कैयौं कम्पनी तथा सरकारहरुले कुनै पनि प्रकारका लेनदेनसँग कत्ति सरोकार नभएका त्यस्तै डाटाहरु स्टोर गर्नका लागि ब्लकचेनको प्रयोग गर्ने इच्छा देखाए । एकातिर बैङ्कहरुले विभिन्न एकाउन्टहरुबीच पेमेन्ट्समाथि दृष्टि राख्न ब्लकचेन्स बनाइरहेका छन् भने अर्कोतिर सरकारहरु ब्लकचेनको प्रयोगले प्रोपर्टीको रेकर्ड तथा भोट स्टोर गर्न उपयोग गरिरहेका छन् ।

ब्लकचेनलाई लिएर कम्पनीहरु किन उत्साहित छन् ?
डाटा स्टोर गर्ने पुरानो पद्धतिका केही सीमा छन् । यदि कुनै ह्याकरले उक्त अथोरिटीमा कुनै किसिमको बदमासी गरेमा सो डाटाबेसमा निर्भर सबै कामकाज ठप्प हुनेछन् । प्राकृतिक प्रकोपका बेला पनि यस्तो हुनसक्छ । तर, ब्लकचेनसँग यस्तो हुँदैन । यसको माध्यमले सङ्ग्रह गरिएका आकडामाथि ज–जसको नियन्त्रण हुन्छ तिनले कुनै पनि बेला आफूसँग भएका डाटा अपडेट गर्न सक्छन् ।

के कुनै पनि व्यक्ति ब्लकचेनसँग जोडिन सक्छ तथा यसका रेकर्ड्स अपडेट गर्न सक्छ ?
धेरै जसो ठूला भर्चुअल मुद्रासँग जो कोही जोडिन सक्छ, यसलाई हेर्न सक्छ तथा यसका रेकर्डहरु मेनटेन गर्न सहयोग गर्न सक्छ । यसलाई पब्लिक ब्लकचेन भनिन्छ । यो सिस्टमले प्रविधिमा चासो राख्ने कैयौं ठूला खेलाडीहरुलाई असहज बनाइदियो । यसकारण धेरैजसो कर्पोरेसन एवम् सरकारहरुले प्राइभेट ब्लकचेनसँग हात मिलाए, जसले केवल स्वीकृत कम्प्युटरहरुलाई मात्र आकडा हेर्ने र यससँग जोडिने अनुमति दिन्छन् ।

बिटक्वाइन चोरी भएका घटनाहरुले ब्लकचेन सुरक्षित छैन भनेर थाहा हुन्न र ?
भर्चुअल मुद्राका अधिकांश चोरीहरु यसका ‘पासवर्ड’ वा निजी ‘की’ को चोरी अथवा ह्याक हुनाले भएका हुन् । भर्चुअल मुद्रा यस प्रकारका चोरीका चपेटामा आउन सक्छन्, किनकि यदि ह्याकरले वालेटबाट पैसा निकाल्यो भने त्यो पैसा फेरि वालेटमा ल्याउने कुनै सेन्ट्रल अथोरिटी हुँदै हुन्न । सुरक्षाका दृष्टिकोणले ब्लकचेन ह्याकरहरुको आक्रमणविरुद्ध सामान्यतया बढी सुरक्षित हुन्छन् । ब्लकचेन प्रविधिमा विभिन्न ब्लकका समूहलाई सामुदायिक रूपले बाँडिन्छ, त्यसकारण कुनै व्यक्तिद्वारा पुराना रेकर्डहरुमा तलबितल गर्न सम्भव हुन्छ ।

के डाटालाई स्टोर गर्ने पुरानो पद्धतिभन्दा ब्लकचेन साच्चै नै राम्रो छ त ?
यस्तो भन्न सकिन्न । भर्चुअल मुद्राबाट ज्ञात भइसकेको छ कि ब्लकचेनले केही स्तरमा काम गर्न सक्छन्, तर तिनका आफ्नै समस्या छन् । नेटवर्कसँग जोडिएका सबै कम्प्युटरमा प्रत्येक ट्रान्जेक्सनको रेकर्ड हुने भएकाले ब्लकचेनका डाटा प्रोसेसिङको क्षमता सीमित हुन जान्छ । ब्लकचेन डिजाइनका कतिपय आलोचकहरुको भनाइमा डाटालाई सामुदायिक स्तरमा राख्ने विषयमा विभिन्न प्रकारका समस्याका कारण ब्लकचेन राम्रो विकल्प होइन ।