क्रेडिट कार्ड तथा अनलाइन ट्रान्जेक्सन सुरक्षा गर्ने केही टिप्स

आजकल कार्ड क्लोनिङद्वारा हुने ठगीका घटनाहरु निकै वृद्धि भइरहेका छन् । तपाईं पनि तल दिइएका टिप्सहरु अपनाई सम्भावित ठगीबाट जोगिन सक्नुहुन्छ ।

काठमाडौं : इन्टरनेट बैङ्किङ गर्दा अथवा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा हामीले केही कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ । आजकल कार्ड क्लोनिङद्वारा हुने ठगीका घटनाहरु निकै बढेका छन् । तपाईं पनि तल दिइएका टिप्सहरु अपनाई सम्भावित ठगीबाट जोगिन सक्नुहुन्छ ।

काठमाडौंकी पवित्रा पराजुली क्रेडिट कार्डसँग सम्बन्धित जालसाजी तथा पहिचानसँग जोडिएका जानकारीहरु चोरिने घटना बढेकाले चिन्तित छिन् । उनी बिल पेमेन्ट, ट्राभल रिजर्भेसन, मुभी टिकट बुकिङ तथा सपिङ गर्दा क्रेडिट कार्डको प्रयोग गर्छिन् । पवित्रा आफ्नो स्कुटीमा पेट्रोल भर्दा तथा रेस्टुरेन्टमा खाजा वा खाना खाएपछि पनि क्रेडिट कार्डले नै पैसा तिर्छिन् । पवित्राले तिर्ने सबै ठाउँमा उनको क्रेडिट कार्ड स्वाइप गरिन्छ । अनि उनलाई एउटा कुराको सधैं चिन्ता हुन्छ कि यी सबै पेमेन्टका बेला कार्ड स्वाइप गर्दा जति पनि जानकारीहरु उनले दिन्छिन्, के त्यसको दुरुपयोग गर्न सकिन्छ ? उनी यो निश्चित गर्न चाहन्छिन् कि कुनै जनि जालसाजी रोक्नका लागि पर्याप्त सुरक्षाको व्यवस्था आफूसँग होस् ।

जालसाजीबाट बच्नका लागि पवित्रालाई अनलाइन सेयर गरिने हरेक गोपनीय सूचनाको सुरक्षा गर्नु पर्ने हुन्छ । जस्तै, उनले अनलाइन ट्रान्जेक्सन केवल पासवर्डबाट सुरक्षित आफ्नो कम्प्युटरमा मात्र गर्नु पर्छ । उनले यो पनि निश्चित गर्नुपर्ने हुन्छ कि इन्टरनेट सेटिङबाट डिटेलहरुको अटो–फिलिङ अनेबल नहोस् । उनले पब्लिक कम्प्युटरमा कार्ड ट्रान्जेक्सन गर्नबाट जोगिनुपर्छ । यी सबैका अतिरिक्त कतिपय कुरा हुन्छन्, जसलाई ध्यानमा राखेर तपाईं हुन सक्ने सम्भावित ठगीबाट जोगिन सक्नुहुन्छ ।

१. ट्रान्जेक्सन गर्ने बेलामा किबोर्ड प्रयोग नगर्नु सबैभन्दा राम्रो । यसको सट्टा भर्चुअल किबोर्ड प्रयोग गर्नुपर्छ । वेबसाइट तथा पेमेन्ट संयन्त्रको प्रयोग गर्नुभन्दा पहिला तिनलाई अवश्य भेरिफाई गर्नुपर्छ । यस कुरामा विषेश हेक्का राख्नुस् कि वेबसाइटको यूआरएलको सुरु ‘एचटीटीपीएस’बाट भएको छ र टास्क बारमा एउटा ताला (लक)को चिह्न छ ।

२. सेवाग्राहीले कार्ड प्रोभाइडरका तर्फबाट अफर गरिने अनलाइन भेरिफिकेसन फेसिलिटीमा साइन–अप गर्नुपर्छ, जसले युजर–डिफाइन्ड पासवर्ड मागेर इन्टरनेट ट्रान्जेक्सनलाई सुरक्षित बनाउँछन् ।

३. युजरलाई यो थाहा हुनुपर्छ कि उसको कार्ड नम्बर, एक्सपायरी डेट तथा कार्डको पछाडिपट्टि दिइएको सीभीसीको प्रयोग ट्रान्जेक्सनका लागि हुन सक्छ । यसरी एक व्यक्तिको कार्ड अरु कसैले पाए पनि त्यसको दुरुपयोग हुन सक्दैन ।

४. कार्ड प्रयोगकर्ताले आफ्नो मासिक स्टेटमेन्ट भेरिफाई गरिरहनुपर्छ, जसले यो निश्चित गर्न सकिन्छ कि कुनै अनधिकृत लेनदेन भएको छैन । यदि कुनै पनि गडबडी देखियो चने आफ्नो बैङ्कलाई यसबारे तुरुन्त सूचना दिनुपर्छ ।

५. यसका अतिरिक्त युजर्सले आफ्नो बैङ्क तथा अन्य क्रेडिट इन्स्टिट्युसन्सलाई दिएको ठेगाना परिवर्तन भएको छ भने पनि अपडेट गरिहाल्नुपर्छ । पवित्रालाई यो अनुभूति हुनुपर्छ कि आफ्नो फाइनान्सियल ट्रान्जेक्सनसँग जोडिएका जानकारीको रक्षा जहिलेसम्म उनले गर्नेछिन्, तबसम्म उनको अनलाइन बैङ्किङ कारोबार सुरक्षित रहिरहन्छ । एजेन्सीकाे सहयाेगमा