सोमबारदेखि उपत्यकामा मयूरका २० ओटा सुविधायुक्त बस

मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले उपत्यकाका सबै सडक मयूरमय बनाउने उद्देश्यका साथ भोलिदेखि थप २० ओटा सुविधासम्पन्न ठूला बस गुडाउने जानकारी दिए । ‘हामी भोलिदेखि उपत्यकामा थप २० ओटा बस सञ्चालन गर्नेछौं,’ श्रेष्ठले भने ।

भोलिदेखि मयूर यातायातले २० ओटा सुविधायुक्त बस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले असार पहिलो साता नै ती ठूला बस सञ्चालनमा ल्याउने भने पनि प्राविधिक तथा अन्य समस्याका कारण ल्याउन सकेको थिएन ।

मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले उपत्यकाका सबै सडक मयूरमय बनाउने उद्देश्यका साथ भोलिदेखि थप २० ओटा सुविधासम्पन्न ठूला बस गुडाउने जानकारी दिए । ‘हामी भोलिदेखि उपत्यकामा थप २० ओटा बस सञ्चालन गर्नेछौं,’ श्रेष्ठले भने । रत्नपार्कदेखि बनेपा धुलिखेलसम्म र चक्रपथमा सेवा दिँदै आएको मयूरले अब रत्नपार्क–कलङ्की–थानकोट तथा अन्य ठाउँमा सेवा दिने श्रेष्ठले बताए ।

असार पहिलो साता नै उक्त बस सञ्चालनमा ल्याउने तयारी भए पनि कलरिङ, ग्यारेजको समस्याका कारण सञ्चालनमा ल्याउन केही ढिलाइ भएको अध्यक्ष श्रेष्ठले बताए । सरकारी काम काजले पनि बस सञ्चालनम ढिलाई भएको उनको भनाइ छ । ‘केही समय मयूर यातायात राख्न ग्यारेजको समस्या भइरहेका थियो तर अब सबै समस्याको समाधान भइसकेको छ,’ उनले भने ।

कम्पनीबाट फरक रङमा बस आएकाले पुनः रङरोगन गर्नसमय लागेको उनले बताए । ‘अहिले सञ्चालनमा आउने २० बसमा रङरोगनको काम तथा अन्य प्राविधिक काम पनि सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अहिले कुन बसमा कस्तो चालक–सहचालक राख्ने बारेमा छलफलका क्रममा छौं ।
‘४२ सिट क्षमता भएका बस ५२ लाख र ३७ सिट भएका बस ४४ लाख रुपैयाँमा खरिद गरेका हौं,’ श्रेष्ठले भने, ‘यसपछि थप ४५ ओटा बस सञ्चालन गर्ने योजना छ ।’

नयाँ बस चक्रपथ, रत्नपार्क, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलङ्की थानकोट रुटमा चल्नेछन् । अहिले मयूर यातायातका २४ ओटा बसले उपत्यकावासीलाई सेवा दिइरहेका छन् भने अब २४ नयाँ बस थप्दा बसको सङ्ख्या ४४ पुग्नेछ । मयूरले हाल रत्नपार्क–देखि बनेपा धुलिखेलसम्म सेवा दिँदै आएको छ ।

विशेषगरी मयूर यातायातले चक्रपथलाई नै बढी ध्यान दिइरहेको छ । ‘उपत्यकाको चक्रपथ वरपरका मानिसको मन जित्ने हाम्रो लक्ष्य छ । चालक, सहचालक अन्य स्टाफलाई सिप्रदि ट्रेनिङ सेन्टरले तालिम दिइसकेको छ,’ उनले क्यापिटल नेपालसँग कुरा गर्दै भने ।

अबको केही महिनाभित्र उपत्यकामा मात्र नभई राजधानीबाहिर पनि मयूर यातायात सञ्चालन गर्ने कम्पनीको योजना रहेको श्रेष्ठले बताए । ‘अबको केही महिनाभित्र काठमाडौंदेखि खुर्कोट, रामेछाप, ओखलढुङ्गा आदि ठाउँमा पनि सेवा दिन लागेका छौं,’ उनले भने । कम्पनीले अशक्त तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिँदै आएको छ ।

मयूरका विद्युतीय बस पनि
कम्पनीले चालीस ओटा विद्युतीय बस पनि ल्याउने तयारीमा जुटेको छ । विशेषतः राजधानीको सवारी चाप तथा प्रदूषणलाई मध्यनजर गर्दै सो बस ल्याउने तयारीमा रहेको श्रेष्ठको भनाइ छ ।

‘अब हाम्रा नयाँ बस सञ्चालनमा आएपछि विद्युतीय बसको अवस्था बुझ्न भारत र चीन जान्छौं, त्यसपछि नेपाल आएर छलफल भएपछि कुन देशका बस खरिद गर्ने भन्नेमा टुङ्गो लगाउने छौं,’ श्रेष्ठले भने ।

‘हामीले काठमाडौंका लागि ४० ओटा विद्युतीय गाडी ल्याउने योजना बनाएका छौं,’ अध्यक्ष मोहन श्रेष्ठ भन्छन्, ‘नेपालका सबै राजमार्गमा मयूरका सुविधायुक्त बस पुर्याउने लक्ष्य छ ।’

सर्वसाधारणका लागि पनि सेयर
मयूर यातायातमा एनआरएनका अध्यक्ष शेष घलेले पनि लगानी गर्ने भएका छन् । श्रेष्ठले उहाँ मात्र नभर्इ एनआरएनका अन्य साथीहरू पनि लगानी गर्न इच्छुक छन् । अहिले ३५ जनाको सेयर रहेको मयुर यातायामा ९–१० जना जति विदेशमा बस्ने नेपाली छन् । सयजना सेयर होल्डर पुगेपछि आइपीओमा गएर सर्वसाधारणका लागि सेयर जारी गर्ने श्रेष्ठले जानकारी दिए ।