बाइक रिभ्यू : बेनेली टीएनटी ‘वान थ्री फाइभ’: स्टाइलिस र सस्तो

छोटो समयमा यो बाइक लोकप्रिय बन्नुको कारण हो– यसको ‘लुक्स’ । ‘स्टाइलिस लुक्स’कै कारण यो बाइक ‘टिनएजर्स’को पहिलो रोजाइ बन्न थालेको छ । त्यसमाथि यो अन्य बाइकभन्दा ‘कस्ट इफेक्टिभ’ भएकाले पनि यसलाई रोजाइमा पार्नेको सङ्ख्या निकै बढ्दो छ ।

बेनेली टीएनटी ‘वान थ्री फाइभ’ ‘मिनी मोटो’ अथवा ‘पिट’ बाइक नेपाली बजारमा भित्रिएको ३ महिनामात्र भएको छ, तर यसको ‘पपुलारिटी’ले शिखर चुमिसकेको छ ।

यो बाइकबारे बुझ्न अहिले बजारमा युवाको घुँइचो मात्र बढेको छैन, सोरुममा धमाधम बुकिङका अर्डर पनि आइरहेका छन् । छोटो समयमा यो बाइक लोकप्रिय बन्नुको कारण हो– यसको ‘लुक्स’ । ‘स्टाइलिस लुक्स’कै कारण यो बाइक ‘टिनएजर्स’को पहिलो रोजाइ बन्न थालेको छ । त्यसमाथि यो अन्य बाइकभन्दा ‘कस्ट इफेक्टिभ’ भएकाले पनि यसलाई रोजाइमा पार्नेको सङ्ख्या निकै बढ्दो छ ।

इटालियन ब्रान्डको यो बाइकको उत्पादनचाहिँ चीनमा भएको हो । र, बेनेलीले अहिलेसम्म उत्पादनमध्ये सबैभन्दा कम इन्जिन क्षमताको बाइक हो । १ सय ३५ सीसीको यो बाइकको नेपाली बजार मूल्य २ लाख ५० हजार रुपैयाँ हो ।

आयल कुल्ड सिङ्गल (आईसीएस) सिलिन्डर, एसओएचसी इन्जिनजडित यो बाइक नेपाली बाटोसुहाउँदो छ । बाइकमा इलेक्ट्रिोनिक फ्युल इन्जेक्सन, फोर भल्भ पावरप्लान्टसँगै टुइन्स स्पार्क छ र यसमा १३ पावरहर्ज छ । युरो–४ अनुसार सेटअप गरिएको यो बाइकलाई नेपाली बजारमा सिटी बाइकका रुपमा स्थापित गराउने कम्पनीले लक्ष्य लिएको छ ।

प्रतिलिटर ४० किलोमिटर गुड्ने यो बाइकको तौल १ सय २१ केजी छ । अगाडि–पडाडि डिस्क ब्रेक भएको यो बाइक ‘बाइकिङमा एडभेन्चर’ खोज्नेलाई झन् उपयुक्त हुन्छ । बाइकमा अगाडिको डिस्क २२० एमएम र पछाडिको डिस्क १९० एमएमको छ । बाइकको डिस्प्ले डिजिटल भएकाले यसको स्वरुपमा झन् सुगन्ध थपेको छ ।

इन्जिन

पावरफुल ४ भल्ब इन्जिन
आयल कुल्ड १३५ सीसी
एसओएचसी सिङ्गल पम्प
१३ हर्जपावर
५ ट्रान्समिसन स्पिड

फ्रेम

अत्यन्तै बलियो जाली फ्रेम
आकर्षक, हलुका

स्टाइलिस

नयाँ बाइक राइडर तथा युवा पुस्तालाई सुहाउँदो
सहजै चलाउन सकिने
डबल डिस्क