श्रीले राजविराजमा व्यावसायिक उडान थाल्यो

श्री एयरलाइन्सले आइतबारबाट राजविराज विमानस्थलमा व्यावसायिक उडान गरेको छ । श्रीले पहिलो दिन काठमाडौबाट राजविराज शिशु सहित ४ गरी ४६ जना यात्रु लगेको थियो । त्यसैगरी रावविराजबाट २० जना यात्रु ल्याएको श्रीएयरलाइन्सका प्रवन्धक (कर्पोरेट) अनील मानन्धरले जानकारी दिए ।

श्रीले हप्तामा पाँच ओटा उडान गर्ने भएको छ । आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार उडान गर्ने भएको हो । मङ्गलबार र शनिबार उडान छैन । श्रीले काठमाडौं–राजविराज १ बजेर १५ मिनेटमा र राजविराजबाट काठमाडौं २ बजेर १० मिनेटमा उडान भर्ने जनाएको छ । लामो समयदेखि बन्द भएको राजविराज एयरपोर्ट स्तरउन्नति भएपछि श्रीले उडान थालेको हो ।

श्रीले सिआरजे ९एन–एएमए कलसाइन जहाजबाट उडान गर्ने छ । जहाजले गत जेठ ८ गते परीक्षण उडान गरेको थियो । २५ मिनेटको समयावधि रहने यस फ्लाइटको सस्तो भाडादर न्यूनतम ३ हजार ५ सय र अधिकतम ६ हजार २ सय तोकिएको छ । ५० सिट क्षमता रहेको जेट जहाज राजविराज जान्छ ।