पोखरामा साना–ठूला गरेर हजारजति होटल छन् । सबैका आफ्नाआफ्ना विशेषता छन् । केही अलगखाले विशेषताले क्विन्स पार्कलाई सम्झनलायक बनाउँछ । त्यसैले पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो होटल पर्दै आएको छ । पोखरा पुगेपछि लेकसाइड नपुग्ने कमै होलान् । लेकसाइडआसपास नै पनि सुविधासम्पन्न थुप्रै होटल छन् । तर, क्विन्स पार्कको विशेषताले पर्यटकलाई निरन्तर लोभ्याइरहेको छ ।
नेपालका रमणीय स्थानको नाम कसैले सोध्यो भने धेरैले जिब्रोको टुप्पोमै राखेको जवाफ ‘पोखरा’ हुने गर्छ । फुर्सदको सदुपयोग गर्नुप¥यो वा काम गर्दागर्दा दिक्क लाग्यो भने पुगिहाल्ने स्थानका रुपमा पनि यो चर्चित छ । किनकि, पोखरा जतिपटक पुगे पनि अघाइँदैन । त्यसमाथि बढी आनन्द तब हुन्छ, जब बस्ने होटल आफूले चाहेजस्तै हुन्छ । यस्तै आनन्दमय एउटा होटल हो, पोखराको लेकसाइडस्थित होटल ‘क्विन्स पार्क ।’
पोखरामा साना–ठूला गरेर हजारजति होटल छन् । सबैका आफ्नाआफ्ना विशेषता छन् । केही अलगखाले विशेषताले क्विन्स पार्कलाई सम्झनलायक बनाउँछ । त्यसैले पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो होटल पर्दै आएको छ । पोखरा पुगेपछि लेकसाइड नपुग्ने कमै होलान् । लेकसाइडआसपास नै पनि सुविधासम्पन्न थुप्रै होटल छन् । तर, क्विन्स पार्कको विशेषताले पर्यटकलाई निरन्तर लोभ्याइरहेको छ ।
होटलबाटै देखिने हिमशृङ्खला, हरियो डाँडा र नजिकै रहेको फेवातालले छोटो समय बस्ने योजनामा पोखरा पुगेका पर्यटकको बसाइअवधि लम्बाउन सक्छ । ४० ओटा डिलक्स रुम रहेको यो होटलमा उपलब्ध सुविधा स्मरणीय छ । कोठामा वाइफाई, एयर कन्डिसन, कफी मेकर, एलईडी टेलिभिजन र पर्याप्त फर्निचर छन् । होटलमा सेमी सुइट, सुपर डिलक्स ट्वीन, सुपर डिलक्स डबल, पारिवारिक कोठा छन् । प्रत्येक कोठाको बाहिरपट्टि बाल्कोनी, त्यसमा राखिएको टेबल कुर्सीमा बसेर मनोरम दृश्य हेर्दा समय बितेको पत्तै हुँदैन । बाल्कोनीमै बसेर माछापुच्छ«े हिमाल हेर्दै कफी खानुको मज्जा झन् अर्कै छ ।
होटलमा २४ घन्टा चेकइन हुने सुविधा छ । यसको मतलब होटल २४ घन्टा खुला हुन्छ । चेकइन हुनेबित्तिकै तपाईंलाई वेलकम ड्रिङ्क्सले स्वागत गरिन्छ । २४ घन्टा फ्रन्ट डेस्क, हेल्थ क्लब खुला रहने होटलमा पारिवारिक भ्रमणमा जानेका लागि थप सुविधा उपलब्ध छ । चाइल्ड केयरको पनि व्यवस्था रहेको होटलमा बच्चालाई उपयोगी स्विमिङ पुलसमेत छ । पोखरा आसपास घुम्नलाई रेन्टल कार, एयरपोर्ट जानआउनलाई गाडीको व्यवस्थाले बसाइलाई झनै सहज बनाइदिन्छ । पोखरामा हुने पर्यटकीय गतिविधि जस्तै– प्याराग्लाइडिङ, बन्जी जम्प, अल्ट्रालाइट फ्लाइट, क्यानोइङ, हाइकिङलगायतका लागि होटलले गरिदिने सहजीकरणले पर्यटक लोभिन्छन् । त्यसबाहेक पर्यटक बस, प्लेनको टिकट बुकिङ होटलले नै गरिदिने भएकाले कुनै झन्झट बेहार्नुपर्दैन ।
प्रसिद्ध फेवाताल होटलबाट ६ मिनेटको दूरीमा छ । होटलमा गरिने व्यवहारले तपाईंलाई आफ्नै घरमा बसेको महसुस गराउँछ । होटलभित्रै रहेको रेस्टुरेन्ट र बारले ‘पियक्कड’लाई दङ्ग पार्छ । होटलको रुफटपमा समेत रेस्टुरेन्ट छ, जसका कारण दृश्यावलोकन गर्दै विभिन्न परिकारको स्वाद लिन सकिन्छ । नेपाली परिकारसहित, इन्डियन, कन्टिनेन्टल, इटालियन परिकारको छनोट तपाईंले गर्न सक्नुहुन्छ । कन्फरेन्स हल, कम्प्युटर स्टेसनको व्यवस्थाले कुनै पनि कार्यक्रम सहज रुपमा सम्पन्न गर्न सकिन्छ ।
वेस्टर्न स्टाइलको मार्बल र डिजाइनले होटलको इन्टेरियरलाई उत्कृष्ट बनाएको छ । होटलमा आवश्यक सुरक्षा प्रबन्ध रहेको छ । यति धेरै सुविधा उपभोग गर्दा तपाईंलाई लाग्दो हो, बिल पनि मोटै तिर्नुपर्ला भन्ने ! तर, नआत्तिनुस्— २५ सयदेखि नै कोठा उपलब्ध हुन्छन् र मेनु पनि बजेटअनुसार नै रहेको पाउनुहुनेछ ।