आधा अर्बभन्दा बढी लगानीमा सेजभित्र दुई उद्योग

शक्ति मिनरल प्रालिले नेपालमा भएका कच्चा र खनिजजन्य पदार्थको प्रशोधन गर्छ भने आईपीएस इलेक्ट्रिक उद्योगले स्कुटी तथा मोटरबाइकका पार्टपुर्जा उत्पादन गर्छ । ती उद्योगबाट उत्पादित वस्तु शतप्रतिशत विदेश निर्यात हुने भट्टले जानकारी दिए ।

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)भित्र दुई उद्योग सञ्चालनमा आएका छन् । शक्ति मिनरल प्रालि र आईपीएस इलेक्ट्रिक प्रालि नामका दुई उद्योग सञ्चालनमा आएको सेजका कार्यकारी निर्देशक चण्डिका भटट्ले जानकारी दिए ।

शक्ति मिनरल प्रालिले नेपालमा भएका कच्चा र खनिजजन्य पदार्थको प्रशोधन गर्छ भने आईपीएस इलेक्ट्रिक उद्योगले स्कुटी तथा मोटरबाइकका पार्टपुर्जा उत्पादन गर्छ । ती उद्योगबाट उत्पादित वस्तु शतप्रतिशत विदेश निर्यात हुने भट्टले जानकारी दिए ।

४० करोड लगानीमा शक्ति मिनरल र २५ करोड रुपैयाँको लगानीमा आईपीएस इलेक्ट्रिक उद्योग सञ्चालन भएको उनले बताए । दुई सयभन्दा बढी व्यक्तिले शक्ति मिनरलमा र एक सय ५० व्यक्तिले आईपीएसमा रोजगारी पाएका छन् ।

सेजभित्र प्राधिकरणले नियमित विद्युत् आपूर्ति गरिदिएपछि उद्योगहरु सञ्चालनमा आउँदै गरेको भट्टको भनाइ छ । उनका अनुसार बाँकी उद्योगहरु पनि आफ्नो आन्तरिक व्यवस्थापन मिलाएर एक महिनाभित्र सञ्चालनमा आइसक्ने छन् । ‘सेजभित्र पहिलो पटक दुई उद्योग औपचारिक रुपमा सञ्चालनमा आएका छन्,’ उनले भने, ‘अन्य उद्योग पनि आफ्नो आन्तरिक व्यवस्थापन मिलाएर एक महिनामै आइसक्छन् ।’

५२ बिगाहा क्षेत्रफलमा फैलिएको सेजभित्र ६८ ओटा प्लट छन् । सेजभित्र खासगरी वातावरणमा असर नपर्ने खालका उद्योग सञ्चालन हुनेछन् । सेजभित्र खाद्य, कृषि तथा छालाजन्य, हर्बल, गलैँचा, उनी तथा पस्मिना, हातेकागज र तयारी पोशाकका गरी १७ किसिमका उद्योग सञ्चालन हुनेछन् ।

सेजभित्र रहेका उद्योगबाट उत्पादित अधिकांश सामानहरु विदेश निर्यात हुनेछन् । सेजभित्रका उद्योगबाट उत्पादन हुने वस्तुमध्ये ७५ प्रतिशत सामान विदेश निर्यात गर्नुपर्ने प्रावधान छ । साना तथा रुग्ण उद्योग तथा कारखानाको विकास विस्तार गरी स्वदेशी वस्तु अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सेजको स्थापना भएको हो । हाल सेजभित्र २६ ओटा उद्योगले सञ्चालनका लागि अनुमति पाएका छन् ।

यी २६ ओटा उद्योग सञ्चालन भएपछि झन्डै ८ अर्ब लगानी हुनेछ र ५ हजार ४ सय ३० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।