प्रसारण लाइन निर्माणमा प्राधिकरणको छलाङ, १६ ओटा सञ्चालनमा

प्राधिरकणले चालू आवमा लक्ष्यभन्दा बढी प्रसारण लाइन निर्माण गरेको छ । चालू आवमा प्राधिकरणले विभिन्न ६ ओटा प्रसारण लाइन बन्ने प्रक्षेपण गरेको थियो । तर हालसम्म १६ ओटाको काम सकिएको छ । असार मसान्तसम्म निर्माणधीन प्रसारणलाइन लाइन पनि चार्ज हुने प्राधिकरणका प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक वज्रभूषण चौधरीले जानकारी दिए ।

काठमाडौं । नेपाल विद्युत् प्राधिरकणले प्रसारण लाइन निर्माणतर्फ अपेक्षित प्रगति हासिल गरेको छ । चालू आर्थिक वर्षमा हालसम्म १६ ओटा प्रसारण लाइन निर्माण भई चार्ज भइसकेका छन् । असारभित्र थप ६ ओटा प्रसारण लाइन निर्माण भई चार्ज हुने प्राधिकरणले जानकारी दिएको छ ।

चालू आवको हालसम्म १३२ केभी क्षमताका १२ र २२० केभी क्षमताका चार ओटा प्रसारण लाइन आयोजना सम्पन्न भई विद्युत् चार्ज भइसकेको प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै १३२ केभी क्षमताका चार र २२० केभीका दुई ओटा प्रसारण लाइन निर्माण चरणमा छन् । ती लाइन असारभित्रै चार्ज गर्न सकिने प्राधिकरणको भनाइ छ ।

प्राधिरकणले चालू आवमा लक्ष्यभन्दा बढी प्रसारण लाइन निर्माण गरेको छ । चालू आवमा प्राधिकरणले विभिन्न ६ ओटा प्रसारण लाइन बन्ने प्रक्षेपण गरेको थियो । तर हालसम्म १६ ओटाको काम सकिएको छ । असार मसान्तसम्म निर्माणधीन प्रसारणलाइन लाइन पनि चार्ज हुने प्राधिकरणका प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक वज्रभूषण चौधरीले जानकारी दिए ।

चालू आवमा लक्ष्यको तुलनामा सबैभन्दा बढी लाइन चार्ज भएको उनले बताए । प्रसारण लाइन आयोजना निर्माणमा वन, जग्गा र रुख कटानको समस्या नभए अझै बढी चार्ज हुन सक्ने उनको भनाइ छ ।

कुनकुन प्रसारण लाइन चार्ज भए ?

१३२ केभी क्षमताका मध्य मस्र्याङ्दी–डुम्रे दमौली, लमही–घोराही, कुशुम–हापुरे, त्रिशूली ३ ए प्रसारण लाइन निर्माण भई चार्ज भएका छन् । सबस्टेसनतर्फ स्याउले १३२ केभी, डुम्रे–दमौली मध्य मस्र्याङ्दी, लमही–घोराही, कुसुम–हापुरे १३२ केभी चार्ज भएका छन् ।

२२० केभी क्षमतामा बाँडभन्ज्याङदेखि मातातीर्थ, भूमिगत केबल (४ सर्किट) मातातीर्थ सबस्टेसनसम्म, त्रिशूली ३ बी २२० केभी प्रसारण लाइन चार्ज भएका छन् ।

चालू आवमा १३२ केभी काबेली करिडोरको दोस्रो खण्ड चार्ज गरिए पनि तेस्रो खण्ड असार मसान्तभित्र चार्ज गर्ने लक्ष्य लिइएको छ । त्यस्तै, कुश्मा–तल्लो मोदी १३२ केभी, कोहलपुर–महेन्द्रनगर १३२ केभी, चमेलिया स्याउले अत्तरिया आयोजनाको बाँकी खण्ड पनि असार मसान्तभित्रै सम्पन्न गरी प्रसारण लाइन चार्ज गर्ने लक्ष्य छ ।

२२० केभी क्षमताका खिम्ती–ढल्केबर डबल सर्किट, हेटांैडा–भरतपुर २२० केभी प्रसारण लाइन असार मसान्तभित्रै चार्ज गरिने प्राधिकरणको लक्ष्य छ ।
प्राधिकरणले तीन ओटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । यसअघि सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारमा निर्मित ३३र११ केभी सबस्टेसनको परीक्षण गरी सञ्चालन ९चार्ज०मा ल्याइएको हो । सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत् आपूर्ति सुधार गर्न क्रमशः बोदेबर्साइन र पालुङटार सबस्टेसन निर्माण गरिएको हो ।

प्रसारणलाइन नहुँदा अधिकाँश विद्युत् आयोजना प्रभावित भएका बेला प्राधिकरणले यसको कामलाई गति दिन थालेको छ । अधिकांश नदी करिडोरमा प्रसारण लाइनको काम सुरु गरेको छ ।