अधिकतम राजस्व वृद्धिका लागि स्टार्टअप आइडियासँग कसरी अघि बढ्ने

अहिलेको व्यावसायिक परिदृश्यमा, धेरै प्रवृत्तिहरु छन् जसलाई एउटा संस्थापक उद्यमी विचारलाई अवधारणा बनाउन छनोट गर्न सकिन्छ । ई–कमर्स आम चलनमध्ये एउटा हो जसले जनताको ध्यानलाई उचित तरिकाले आकर्षित गर्छ ।

यो निर्विवाद सत्य हो कि बजारमा न्यून पहिचानले सुरु हुने हरेक स्टार्टअपको लक्ष्य विकास गर्नु नै हो । यद्यपि, आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्न स्टार्टअपले उचित तथा नवीनतम दृष्टिकोण उपयोग गर्नुपर्ने हुन्छ । फलस्वरुप यसले सङ्गठनलाई कुशलतापूर्वक अघि बढ्न र छोटो समयमा राजस्व सिर्जना गर्न सहयोग गर्नेछ । उनीहरुको व्यवसायको प्रकारका बावजुद, स्टार्टअप सावधानीपूर्वक कार्यान्वयनपछि सही योजनाका साथ सुरू हुनुपर्छ ।

यस टिमका खेलाडीहरु निश्चित रूपले सक्रिय हुनुपर्छ, ताकि टिमले कुनै कम्पनीको विकासमा योगदान दिन सकोस् । अहिलेको व्यावसायिक परिदृश्यमा, धेरै प्रवृत्तिहरु छन् जसलाई एउटा संस्थापक उद्यमी विचारलाई अवधारणा बनाउन छनोट गर्न सकिन्छ । ई–कमर्स आम चलनमध्ये एउटा हो जसले जनताको ध्यानलाई उचित तरिकाले आकर्षित गर्छ । तथापि, सम्पूर्ण विचार ग्राहकको अहिलेको आवश्यकताका आधारमा बिजनेस आइडिया चयन गर्नुछ । उच्च ग्राहकदर आकर्षित गर्न एउटा नयाँ स्टार्टअप स्थापित गर्नुभन्दा पहिले तल दिइएका केही आवश्यक बुँदाहरुमा ध्यान दिनुपर्छ :

आफ्नो रणनीतिलाई तिखार्नुहोस्

बिजनेस स्टार्टअपको सफलता ग्राहकको आवश्यकतामा निर्भर हुन्छ । संक्षेपमा, प्रयोगकर्तालाई सर्वश्रेष्ठ सेवा दिन व्यावसायिक रणनीति ग्राहक–उन्मुख हुनुपर्छ । स्टार्टअपका मालिकले के सम्झनुपर्छ भने यो ग्राहकको प्राथमिकता हो जसलाई केवल व्यापार मोडल बनाउनुको सट्टा बाँच्न जरूरी हुन्छ र जसलाई यादृच्छिक रूपले अन्तिम रूप दिने गरिन्छ ।

वास्तवमा, व्यावसायिक सङ्गठनले जस्तो प्रतिक्रिया प्राप्त गर्छ त्यसले नै ग्राहक केमा आनन्द हुन्छ भन्ने धेरै हदसम्म निर्भर गर्छ । त्यसकारण ग्राहकको आवश्यकता अनुसार नै सेवा अथवा उत्पादन तयार पारिनु पर्छ ।

परम्परागतभन्दा फरक सोच्नुहोस्

के तपाईं व्यावसायिक अवधारणा चयन गरेर अघि बढ्न अलमलमा हुनुहुन्छ ? एक उद्यमीका रूपमा तपाईं बजारमा पहिले नै आइसकेका अवधारणामा नअल्झिई नयाँ तथा फरकधारमा जानुहोस् ।

यसका लागि तपाईंले व्यापारको वर्तमान ट्रेन्डलाई मोड्ने या कुनै अन्य कर्पोरेट विलक्षणतासहित बजारमा प्रवेश गर्ने कोशिश गर्नुपर्छ । यदि तपाईंसँग उद्यमीहरुको शीर्षस्थानमा बस्नसक्ने कुनै दृष्टिकोण छ भने, लिकबाट बाहिर निस्कनु आवश्यक छ । तर, व्यवसायप्रति तपाईंको विचार निश्चय नै स्पष्ट हुनुपर्छ तथा ग्राहकले खोजेको अवधारणामा खरो उत्रनु पर्छ ।

लहर कता चलेको छ, हेक्का गरी आफ्नो लक्ष्य तोक्नुहोस्

इसमा कुनै शङ्का छैन, कि स्टार्टअप केवल त्यस बेला सफल हुन्छन् जब बिजनेस आइडियालाई बजारमा चलेका लहरहरुको मूल्याङ्कन गरेर मात्र परिलक्षित गरिन्छ । मूल्याङ्कनका बेला धेरै ट्रेन्ड देख्न सकिन्छ । हुन त, तपाईंको लक्ष्य केवल कपी पेस्ट गर्ने मात्र हुनुहुन्न, बरु ती ग्राहकलाई आफ्नो सेवा तथा उत्पादन प्रदान गर्ने हुनुपर्छ जसलाई अहिले टढ्कारो खाँचो अथवा प्रासङ्गिक छ ।

व्यवसायिक ट्रेन्डका बारे अधिक जानकारीका लागि तपाईंले समाचार, घटना, कुनै वस्तु बजारमा भर्खर आएको अथवा हालका अन्य घटनाहरु अनुगमन गर्न सक्नुहुन्छ । यस अनुगमनले उचित व्यापार योजना स्थापित गर्न तपाईंको स्टार्टअपलाई साँच्चिकै सहयोग गर्छ ।

हालका उद्यमीले गरेका गल्तीबाट सिक्नुहोस्

स्टार्टअप सुरु गर्ने विचारले तपाईंको दिमागमा हमला गर्छन् तब तपाईं धेरै उद्यमीद्वारा प्रेरित भएको हुनुपर्छ । अर्कोतिर, तपाईंले हालका उद्यमीहरुको व्यावसायिक रणनीतिमा कुनै कमी देख्नुभयो होला । उद्यमीहरु साक्षी भएका असफल पद्धतिले तपाईंका लागि एउटा गतिलो पाठको रुपमा काम गर्छन् । तपाईं व्यवसाय अँगाल्ने योजना महसुस गर्न सक्नुहुन्छ । यसका अतिरिक्त, तपाईं कर्पोरेट विश्व पछ्याउने सही दृष्टिकोणसँग परिचित हुनुहुनेछ ।

आफ्नो व्यवसाय स्थापित गर्न र अहिलेका उद्यमीका गल्तीहरुबाट सिक्न भविष्यमा आउने स्टार्टअपले बुद्धिमानीपूर्वक काम गर्नुपर्छ ।

उद्यमी भारतकी फिचर राइटर, ज्योति वालेचाकाे लेखकाे अनाैपचािरक अनुवाद

यहाँ व्यक्त गरिएका विचार इन्टरप्रेनर कन्ट्रिब्युटर स्वयमका हुन् ।