विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाउन थालेका छन् । खेल भइरहेको रंगशालामा नै बसेको अनुभुति दिलाउने शैलीमा किंग्स लाउञ्जले दर्शकहरुको ध्यान खिचिरहेको छ । २० बाई ११ फिटको एचडी स्क्रिनमा बाक्लो संख्याका दर्शकका बिचमा बसेर विश्वकपका खेल हेर्ने व्यवस्था मिलाइएको छ ।
चलचित्र, खेलकुद, व्यापार, व्यवसाय क्षेत्रका चर्चित अनुहारहरु पनि यो किसिमको अनुभुति बटुल्न लाउञ्ज धाउने गरेका छन् । अतिथिको विशेष स्वागत तथा आतिथ्यताबीच खेल मैदानमा पुगेको आभास गराउन सक्नु नै लाउञ्जको विशेषता हो । जसका कारण अहिले विश्वकपका हरेक फुटबल खेल हुने समयमा दर्शकहरुको भिड बढ्दै गएको छ ।
विश्वकप फुटबलको उदघाटन शत्रका दौरान लाउञ्जले चलचित्र, खेलकुदका साथै विभिन्न क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरुलाई एकै स्थानमा जमघट गराएर सम्मान समेत गरेको थियो । अहिले पनि दैनिक रुपमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई उपस्थित गराउँदै लाउञ्जले दर्शकहरुसँग प्रत्यक्ष भेटघाट गराई सँगै विश्वकप खेल हेर्ने व्यवस्था गराएको छ ।
यसबाट सबै क्षेत्रका व्यक्तिहरुको आम दर्शकसँग सम्बन्ध स्थापित हुनुका साथै कुनै पनि क्षेत्रमा योगदान दिन सक्नु पर्छ भन्ने सन्देश प्रवाह हुने विश्वस लाउञ्जले लिएको छ ।