प्रुडेन्सियल इन्स्योरेन्सले धनकुटा हिले बजारमा आफ्नो नयाँ शाखा खोलेको छ । आइतबार कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुङ्गानाले नयाँ शाखाको उद्घाटन गरेका छन् ।
इन्स्योरेन्सका योसँगै ४३ ओटा शाखा कार्यालय पुगेका छन् । यिनीहरूबाट मोटर बिमा, अग्नि बिमा, सामुद्रिक बिमा, स्वास्थ्य बिमा, बाली तथा पशु बिमा लघु बिमा तथा इन्जिनियरिङ बिमाको सेवा प्रदान गर्दै आएको छ । कम्पनीले हालसम्म १ सय ३० करोड बिमा शुल्क सङ्कलन गरिसकेको जानकारी दिएको छ ।