स्कल क्लब अफ नेपालको अध्यक्षमा पाण्डे

होटल रेडिसनमा हालै बसेको बैठकले नयाँ कार्यसमिति चयन गरिएको हो ।

प्रविनबहादुर पाण्डेको अध्यक्षतामा स्कल क्लब अफ नेपालको नयाँ कार्यसमिति चयन गरिएको छ । यसैगरी प्रथम उपाध्यक्षमा प्रह्लाद कुँवर, द्वितीय उपाध्यक्षमा महेन्द्र पौडेल, कोषाध्यक्षमा श्रवणकुमार राणा र महासचिवमा सञ्जीव पाठक नियुक्त भएका छन् । होटल रेडिसनमा हालै बसेको बैठकले नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवनियुक्त अध्यक्ष पाण्डे साङ्ग्रिला होटल तथा रिसोर्टका कार्यकारी निर्देशक हुन् । स्कल इन्टरनेसनलले ९० राष्ट्रका १५ हजार सदस्यलाई एउटै छातासङ्गठनभित्र समाहित गराई स्पेनको टोरेमोलिनसमा मुख्य कार्यालय सञ्चालन गर्दै आएको छ ।