सिर्जना चोरी रोक्न ‘फोपी एप’

'फोपी एप' यही असार १८ गते सार्वजनिक हुँदै छ । यो एप नेपाली कला बजारलाई डिजिटल पाइरेसीबाट जोगाउन कोशेढुंगा सावित हुने हाम्रो विश्वास छ । चलचित्र, गीत, सिरिज, पोडकास्ट तथा अरु सामग्री बनाउने सबैलाई लाभ हुने गरी यो एपले एउटा ठूलो समस्या नियन्त्रण गर्न सक्ने विश्वास हाम्रो छ ।

कुनै समय थियो– जतिबेला आफ्ना प्रिय सर्जकको गीति एल्बम रेकर्ड भएको खबर सुन्नासाथ हामी व्यग्र भएर पर्खिन्थ्यौं । पसलमा आएपछि नगद तिरेर क्यासेट किन्थ्यौं । क्यासेटको युग सकिएपछि सीडी वा डीभीडीमा उक्लियौं । अहिले सीडी र डीभीडीको युग सकिएर पेनड्राइभ, हार्डड्राइभ र मोबाइल युग शुरु भएको छ ।

हामीले पैसा तिरेर क्यासेट किन्ने युग सर्जकहरूका लागि स्वर्ण युग थियो । गीत गाएरै उनीहरूले विशिष्ट जीवन बाँच्न सक्थे । सर्जकमात्रै होइन, उनीहरूलाई टेको दिने स्टुडियोहरू पनि दह्रो खुट्टामा उभिन सक्थे ।

तर, समय फेरियो । प्रविधि फेरियो । प्रविधिसँगै सिर्जना प्रयोगको प्रवृत्ति फेरियो । स्वर्णयुगका ती सर्जकहरू अहिले कतै परदेशमा गाउँघर सम्झिएर टोलाउँछन् । उनीहरू आफ्ना कारणले हराएर गएनन् । हामीले धकेलेर पठायौं । हामी आफू रमाएर बाँच्न सिक्यौं, सर्जकलाई बचाउन सिकेनौं । हामीले चोरेर गीत सुन्न र फिल्म हेर्न मात्र खोज्यौं । लाखौंरकरोडौं रूपैयाँ खन्याएर यो क्षेत्रमा प्राण भर्ने लगानीकर्ता र कलाले संसार बाँध्ने कलाकाररसर्जकलाई त्राण दिन सकेनौं ।

सिर्जना चोरी (पाइरेसी)को यही जालोलाई तोड्न हामी संगठित रूपमा तपाईंसामु आएका छौं । नेपाली मनोरञ्जन सामग्री तपाईंसामु पुऱ्याउन ‘फोपी एप’ ल्याएका छौं ।

‘फोपी एप’ यही असार १८ गते सार्वजनिक हुँदै छ । यो एप नेपाली कला बजारलाई डिजिटल पाइरेसीबाट जोगाउन कोशेढुंगा सावित हुने हाम्रो विश्वास छ । चलचित्र, गीत, सिरिज, पोडकास्ट तथा अरु सामग्री बनाउने सबैलाई लाभ हुने गरी यो एपले एउटा ठूलो समस्या नियन्त्रण गर्न सक्ने विश्वास हाम्रो छ । यो एपमार्फत उपभोक्ताले आफ्नो रुचिअनुसारका सामग्री सजिलै आफ्नो मोबाइलमा हेर्न सक्नेछन् । फोपी टिमले यो एपभित्र डाउनलोड गरिएका सामग्री कुनै पनि हालतमा अरु ठाउँमा सार्न र कपी गर्न नमिल्ने प्रविधि प्रयोग गरेको छ । ुफोपी एपु अहिले प्लेस्टोरबाट मात्र सजिलै डाउनलोड गर्न सकिन्छ ।

‘फोपी’लाई तीन प्रकारले प्रयोग गर्न मिल्ने बनाइएको छ :

१. सीधा डाउनलोड: सीधा एप डाउनलोड गरी वाईफाईबाट हेर्न मिल्छ । उपभोक्ताले चाहेका सामग्री एपबाटै किनेर हेर्न सक्छन् ।

२. फोपी पसल: तोकिएको फोपी पसलबाट उचित रकम तिरेर आफ्नो फोनमा सामग्री लोड गर्न सकिन्छ । यो सुविधा वाईफाई नभएको खण्डमा पनि प्रयोग गर्न सकिन्छ ।

३. ुफोपी हटस्पट: सार्वजनिक स्थलहरू, जस्तै: होटल, रेस्टुराँ, सवारीसाधनमा ुफोपी हटस्पटु सञ्चालन गरिनेछ । यी ठाउँहरुमा फोपीको वाईफाई हटस्पटमा कनेक्ट गरी फोपी चलाउन सकिन्छ ।

फोपी एपका विशेषता :

– सिर्जना चोरी पूर्णतस् निषेध हुनेछ ।

– नयाँ तथा पुराना नेपाली चलचित्र, गीत, सिरिज, नेपाली साहित्यका उत्कृष्ट पुस्तक वा सिर्जनाको पोडकास्टलगायत अन्य मनोरञ्जनात्मक सामग्री एकै ठाउँमा हेर्न र सुन्न सकिन्छ ।

– ती सामग्री किन्न पनि प्राविधिक रूपमा धेरै सरलीकृत गरिएको छ । मूल्य पनि न्यूनतम तोकिएको छ।

– सर्जकलाई पनि उनीहरूको योगदानअनुसार आर्थिक लाभ हुनेछ ।

– सबै मिडिया सामग्री तीब्र गतिमा ९द्दन् मा समेत० डाउनलोड गर्न सकिन्छ ।

(- जहाँ बसेर पनि आफूले चाहेको गुणस्तरमा हेर्न सकिन्छ ।

सामग्री कसरी किन्ने ?

फोपी एपका सामग्री किन्नका लागि पैसा तिर्ने माध्यमहरू पनि सरल बनाइएका छन् । प्रयोगकर्ताले सीधै आफ्नो मोबाइलको ब्यालेन्स र ई-सेवाबाट तिर्न सक्नेछन् । साथै, फोपी पसलमा गई ुफोपी ब्यालेन्सु पनि राख्न सकिनेछ । विदेशमा बस्नुहुने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट माध्यम प्रयोग गर्ने सुविधा छ ।