काठमाडौं उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रो बस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी अन्योलमै परेको छ ।
सरकारको साना सवारीसाधनलाई विस्थापन गर्ने योजना अलपत्र परेको छ । यातायात व्यवस्था विभागले गत वैशाखबाट उपत्यकालगायत देशभर रहेका साना तथा २० वर्ष पुराना सवारीलाई पूर्ण रुपमा हटाउने निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडांै उपत्यकामा चल्ने साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने प्रक्रिया सुरु भएको पनि ६ महिना पुगिसक्यो । तर अहिलेसम्म कुनै प्रक्रिया अघि बढेका छैनन् । काठमाडौं उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रो बस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी अन्योलमै परेको छ ।
पहिलो चरणका लागि एसफाइब रुटमा १७ ठूला बस सञ्चारलमा ल्याउने तयारी भइरहेको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए । तर सो रुटमा पनि गत वैशाखबाटै सञ्चालनमा ल्याउने भने पनि सञ्चालनमा आउन नसकेको विभागका कर्मचारीको भनाइ छ ।
विभागले ती साना सवारी सञ्चालकलाई पनि कुनै न कुनै सुविधा उपलब्ध गराएर आगामी चैतदेखि नै साना साधनलाई हटाउने कार्य सुरु गरिने भनिएकोमा केही ढिलाइ भएको प्रवक्ता अर्यालको भनाइ छ । करिब एक वर्षको अवधिमा ५० प्रतिशतले सवारीसाधन विस्थापित गरिने अनुमान विभागको अनुमान थियो ।
यातायात व्यवस्था विभागमा महानिर्देशक हुँदा रुपनारायण भट्टराईले स्वतन्त्र रुपले पुराना गाडीहरुलाई सञ्चालन गर्न दिएपनि गत दुई महिना अघि पूर्ण रुपमा रोक लगाईने बताएका थिए । तर भौतिक प्रर्वधार तथा यातायात मन्त्री रधुविर महाषेठले भट्टराईलाई मन्त्रालयलमा सरुवा गाराइदिए पछि उक्त कार्य अलपत्र परेको हो । गत केही महिनामा उनले सबै कर चुक्ता गरी सवारीधनीलाई स्क्रयाप गर्न समय दिएको जनाएका थिए ।
उनका अनुसार कसैले नटेरेर सञ्चालन गरेमा गाडीलाई नियन्त्रणमा लिएर सवारीधनीलाई सबै कर चुक्ता गर्न लगाई स्क्र्याप (पत्रु) गरिने यातायात व्यवस्था विभागको तयारी थियो । २० वर्ष पुराना तथा साना सवारी भाडाका गाडी चलाए कानुनी कारबाही तथा जरिवानासमेत हुने भट्टराईले भनेका थिए ।
विभागले पहिलो चरणमा भने एसफाइब रुटमा १५ ओटा ५० सिटे ठूला बस सञ्चालनमा ल्याउने तयारी पनि अन्योलमै छ । केही महिनाअघि यातायात व्यवस्था विभाग र दिगो विकास सहरी आयोजनाको सहकार्यमा ती रुटमा सुविधायुक्त बस सञ्चालनमा ल्याउन ६ ओटा बस मात्र ल्याइएको थियो । ‘एस फाइभ रुटअन्तर्गत नयाँ बसपार्क, गोंगबु, लैनचौर, रत्नपार्क, मैतीदेवी, पुरानो बानेश्वर हुँदै सिनामङ्गल रुटमा सञ्चालन गर्न १७ ठूला बस ल्याइएको प्रवक्ता अर्यालको भनाइ छ ।
एफ फाइभ रुट करिब ९ किलोमटर दूरीको छ । यहाँ अहिले ६६ ओटा सफा टेम्पो र साना माइक्रो सञ्चालनमा छन् । वैशाखसम्म सञ्चालनमा आइसक्नुपर्ने १७ ठूला बस असार पहिलो हप्तामा पनि सञ्चालनमा आउन सकेको छैन । उक्त रुटमा चल्ने १७ ठूला बस खरिदका लागि ५० सिटे मोटर्ससँग सम्झौता भएको चार महिना बितिसकेको छ ।
दिगो सहरी विकास आयोजनाले पनि गत चैतमै बस भित्रिइसक्ने जानकारी दिएको थियो । तर बस सञ्चालन अब असार आधामा पुगिसकेको छ । दिगो विकास सहरी यातायातका सचिव लालप्रसाद गुरागाई भने बसको प्राविधिक तथा अन्य समस्याले बस सञ्चालनमा ल्याउन अझौ एक हप्ता लाग्ने बताए । ‘हामी अहिले बसका पाटपुर्जा जडान तथा मर्मत कार्यमा व्यस्त छौं,’ उनले भने । एस फाइभ रुटमा अहिले सफा टेम्पो र माइक्रो गरी ६६ ओटा साना सवारी सञ्चालनमा छन् ।