सीआईबीका अनुसार एक सय तीन स्थानबाट अवैध कल बाइपास हुने गरेको छ । सीआईबीले अवैध कल बाइपासको आरोपमा एक सय ६० जना पक्राउ गरी अदालतमा मुद्दा समेत दायर गरिसकेको छ । पक्राउ परेकामध्ये एक सय २६ जना नेपाली र ३४ जना विदेशी नागरिक छन् ।
भ्वाइस ओभर इन्टरनेट प्रोटोकोल (भीओआईपी)बाट अवैध कल बाइपास गरी ११ अर्ब ९० करोड ३८ लाख ६० हजार रुपैयाँ बराबरको ठगी भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हालसम्म मुलुकका विभिन्न क्षेत्रमा गरेको अनुसन्धानबाट यो रकम ठगी भएको देखिएको हो ।
सीआईबीका अनुसार एक सय तीन स्थानबाट अवैध कल बाइपास हुने गरेको छ । सीआईबीले अवैध कल बाइपासको आरोपमा एक सय ६० जना पक्राउ गरी अदालतमा मुद्दा समेत दायर गरिसकेको छ । पक्राउ परेकामध्ये एक सय २६ जना नेपाली र ३४ जना विदेशी नागरिक छन् ।
यस अवधिमा अवैध कल बाइपास विरुद्ध सीआईबीले गरेको करबाहीमा विभिन्न दूरसञ्चार कम्पनीका २२ हजार आठ सय ३५ सिमकार्ड र त्यसमा प्रयोग हुने आधुनिक उपकरणहरु बरामद गरेको छ ।
यसैबीच सीआईबीले अवैध कल बाइपास गरेको आरोपमा काठमाडौंको शुभकामना मार्गबाट भारतीय नागरिक जफर खानलाइ पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा सीआईबीले छापामार्दा शुभकामना मार्गस्थित रमेशसिंह हमालको घरमा कोठा भाडामा लिई नेपालको सम्बन्धित सरकारी निकायबाट कुनै प्रकारको अनुमति नलिई दूरसञ्चार सेवा प्रदायकहरुको सिमकार्ड प्रयोग गरी अन्तर्राष्टि«य कल भीओआईपी गरेको भेटिएको हो ।
खानमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिई अनुसन्धान कार्य भइरहेको सीआईबीले जनाएको छ । खानको साथबाट सीआईबीले एनसेलका एक सय २० थान सिमकार्ड, विभिन्न व्यक्तिका एक सय ४५ थान फोटा, ४० जनाको फोटोकपी लगाएतका सामग्री जफत गरेको छ ।