सवा दुई खर्बभन्दा बढीको लागतमा विद्युत् हब निर्माण

आगामी २२ वर्षको दीर्घकालीन गुरुयोजनाअन्र्तगत सो अवधिमा उत्पादन हुने विद्युत् वितरण प्रणालीलाई सन्तुलन गर्न एक सय तीन ओटा विद्युत् सबस्टेसन निर्माण गर्ने लक्ष्य लिइएको हो । मुलुकका पाँच ओटै क्षेत्रमा त्यस्ता सबस्टेसन निर्माण गरिने ऊर्जा मन्त्रालयले जनाएको छ ।

सरकारले विद्युत् वितरण सन्तुलन कायम गर्न सयभन्दा बढी विद्युत् हब स्टेसन निर्माण गर्ने भएको छ । आगामी २२ वर्षको दीर्घकालीन गुरुयोजनाअन्र्तगत सो अवधिमा उत्पादन हुने विद्युत् वितरण प्रणालीलाई सन्तुलन गर्न एक सय तीन ओटा विद्युत् सबस्टेसन निर्माण गर्ने लक्ष्य लिइएको हो । मुलुकका पाँच ओटै क्षेत्रमा त्यस्ता सबस्टेसन निर्माण गरिने ऊर्जा मन्त्रालयले जनाएको छ ।

जसअर्न्तगत, जोन १ मा अत्तरिया र डोडोधारा, जोन २ मा फुलबारी र मैनटाडा, जोन ३ मा बुटवल र भरतपुर सबस्टेसन, जोन ४ मा खिम्ती, ढल्केबर र हेटौंडा, जोन ५ मा इनरुवा र मिर्चिया सबस्टेसन निर्माण हुने भएको हो । त्यस्ता सबस्टेसन १३२, २२० र ४०० केभी क्षमताका हुनेछन् । तीमध्ये ४००÷१३२ केभीका २९ ओटा, ४००÷२२०÷१३२ केभीका ११ ओटा, २२०÷१३२ केभीका १९ ओटा र १३२ केभीका ४४ ओटा सबस्टेसन बन्नेछन् ।

सरकारले १० वर्षमा आन्तरिक खपतलाई १० हजारसहित कुल १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न विद्युत् वितरण प्रणालीका लागि पूर्वाधार योजना बनाएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । उनले विद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि सन्तुलित वितरण गर्न पनि सबस्टेसन निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने बताए ।

उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडी सन्तुलित रुपमा वितरण गर्न सबस्टेसन निर्माणको गुरुयोजना बनाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले अहिलेको अवस्था जस्तो जलविद्युत् आयोजना बनेर उत्पादित विद्युत् खेर जाने स्थितिको अन्त्य गर्न पनि सबस्टेसन तथा प्रसारण लाइन सम्बन्धी गुरुयोजना बनेको बताए ।