अनलाइन बिजनेस आइडिया खोज्दै हुनुहुन्छ ?

’अनलाइन मनी मेकिङ आइडिया’ अथवा ‘अनलाइन बिजनेस आइडिया’ वा यिनै शब्दलाई जोडेर बिजनेस आइडियाबारे इन्टरनेटमा खोज्नुस् म ग्यारेन्टीका साथ भन्छु, दसमध्ये पाँच ओटा विचार त एउटै हुन्छन् । साथै धेरै वेबसाइटमा त पहिलाकै विचारसँग जोडिएर आएका सहायक विचार हुन्छन् ।

केही समयदेखि विश्वभरिका ब्लगरले अनलाइन पैसा कमाउने बिजनेस आइडियाबारे लेखिरहेका छन् । उनीहरुले भनेका केही आइडिया निसन्देह निकै राम्रा छन् । हुन त बितेका केही वर्षमा, यी सम्भावित व्यावसायिक विचारलाई यति धेरै ब्लगरद्वारा यति बेढङ्ग तरिकाले दोहोर्याइयो र यति धेरै मानिसद्वारा ती विचारमाथि अमल गरियो कि तिनीहरुको चमक हराउँदै गएको छ ।

’अनलाइन मनी मेकिङ आइडिया’ अथवा ‘अनलाइन बिजनेस आइडिया’ वा यिनै शब्दलाई जोडेर बिजनेस आइडियाबारे इन्टरनेटमा खोज्नुस् म ग्यारेन्टीका साथ भन्छु, दसमध्ये पाँच ओटा विचार त एउटै हुन्छन् । साथै धेरै वेबसाइटमा त पहिलाकै विचारसँग जोडिएर आएका सहायक विचार हुन्छन् ।

ब्लगरहरुले यो सामान्य अवधारणा परिवर्तन गर्न तथा इन्टरनेटमा राखिएका यी पोस्टलाई पछिका लागि पनि उपयोगी बनाउन नयाँ खालका अनलाइन बिजनेस आइडिया ल्याउन आवश्यक भएको प्रस्टै छ । त्यसकारण यस दिशामा एउटा पहलका रुपमा यहाँ मैले केही नयाँ विचार एकत्र गरेको छु, जुन तपाईंहरुले सामान्यतया ती अनलाइन मनी मेकिङ आइडियाका पोस्टहरुमा पाउनुहुन्न ।

जस्तो कि शीर्षकले नै तपाईंलाई सङ्केत दिएको हुन सक्छ, म उदाउँदा ई–कमर्स मार्केटप्लेसका आधारमा बिजनेस आइडियाका बारेमा कुरा गर्न गइरहेको छु न कि घरमै बसीबसी यति कमाउनुहोस् भन्ने ऐरे गैरै नत्थु खैरे खालका । र तिनीहरुको छनोट गर्ने मेरो तर्क यो हो कि हालका वर्षहरुमा प्राविधिक उन्नतिले व्यक्तिगत वा एउटा सानो टिमका लागि पनि ठूलै अनलाइन व्यवसाय प्रबन्ध गर्न सम्भव बनाइदिएको छ ।

अब ढिलो नगरीकन, आउनुहोस् यी नयाँ अनलाइन बिजनेस आइडिया पत्ता लगाऔं, जुन आगामी केही वर्षमा व्यक्तिको अनलाइन लेनदेनको एक प्रमुख हिस्सा हुनेछ ।

अनलाइन कस्टम टेलरिङ व्यवसाय

अहिलेका मान्छेहरु आफ्नो लवाइका बारेमा निकै जागरूक भइरहेका छन् । र, उनीहरुले त्यस्ता लुगा लगाउन मन पराउँछन् जुन उनका शरीरमा चिटिक्क होस् । यस्ता पहिरनको बढ्दो आवश्यकतालाई पहिचान गर्दै कतिपय फेसन स्टोरले पहिले नै विभिन्न आकार र प्रकारमा पहिरन प्रस्तुत गरिसकेका छन् । हुन त यस्तो प्रयास भएता पनि कतिपयलाई अझै पनि भनेजस्तो कपडा खोज्न गाह्रो हुन्छ । र आफ्ना कपडा फिटिङ गर्नुको विकल्पबाहेक अरु कुनै हल छैन ।

तर यो फिटिङ प्रक्रिया यति झन्झटिलो र असजिलो हुन्छ कि मान्छेले बरु अलि नमिलेकै लुगा लगाउन सजिलो मान्छन् । हुन त इन्डोचिनो, ब्ल्याक लेपल र अन्य यस्तै अनलाइन फिटिङ (कस्टम क्लोदिङ) का प्लेटफर्मले फिटिङ गर्ने सेवालाई सजिलो बनाएका छन् । यी प्लेटफर्मले मान्छेलाई आफ्ना अनुकूलका कपडा सजिलै फिटिङ (कपडाको किसिम, प्याटर्न, आकार, फिटिङ र सिलाइ शैली) गरी घरैसम्म पुर्याइदिने सेवा दिन्छन् ।

अहिलेसम्म अनलाइन फिटिङको उद्योग अपेक्षाकृत अप्रत्याशित छ, र नयाँ आउनेका लागि राम्रो स्कोप छ । र, यो सुनिश्चित छ कि यस क्षेत्रमा राम्रो भविष्य छ । यस किसिमको अनलाइन पोर्टल खोल्न तपाईंले एउटा सुन्दर सिलाई मेसिन जडान गरी फिटिङ स्टोर खोल्न सक्नुहुन्छ ।

अन–डिमान्ड सेवा

बिहान दसदेखि बेलुकी पाँचसम्मको जागिरले (अफिस आउने–जाने गरेर) तपाईंको दिनको नौदस घण्टा समय खान्छ । कुनै कुनै देशका व्यक्तिहरुको त ११–१२ घण्टा पनि हुन सक्छ । यस्ता काम गर्ने वर्गका लागि ७–८ घण्टा सुत्नुपर्ने पनि हुन्छ । यदि यसमा ई–मेल, सोसल मिडिया, व्यायाम इत्यादिमा खर्चिने समय जोड्ने हो भने अरु कामका लागि समय नै रहन्न ।

अधिकांश कामकाजी वर्गका लागि दिनभरि काम गर्ने हाउसकिपर राख्न सम्भव छैन । तर, कतिपयले कहिलेकाहीँ बच्चा हेर्न, हप्ताभरिका लागि किनमेलमा सहयोग गर्ने यस्ता घरेलु कामदार राख्न सजिलो मान्छन् । र, यो नै अनलाइन सेवा बजारमा यसको सफलताको प्रमाण हो । जस्तो कि ‘टास्क–रेबिट तथा थम्बट्याक’ जस्ता अनडिमान्ड सेवा दिने कम्पनीले यस्तो विकल्प दिन्छन् ।

अहिले यस प्रकारको सेवामूलक बजारको ठूलो आवश्यकतालाई हेर्दा यी वेबसाइटहरुको बजार पहुँच निकै बढी छ । हुनत, तिनको पहुँच धेरैजसो अमेरिका र युरोपमा मात्रै सीमित छ । त्यसैले यस क्षेत्रमा नयाँ प्रवेश गर्नेहरुका लागि आफ्नो स्थानीय लक्षित बजारमा स्थापित हुन प्रशस्त ठाउँ छ ।

ई–कमर्स स्टोर सुरू गर्नुहोस्

विगत एक दशकमा, विश्वभरिका मान्छेहरु आफूलाई चाहिने सरसामान अनलाइनमार्फत किन्ने बानी परिसकेका छन् । आज यस्तो लाग्छ मानौं सबैथोक अनलाइनमै उपलब्ध छन् । तर यो सत्य होइन । यदि नियमित स्टार्टअप ब्लग फलो गर्नुहुन्छ भने तपाईंले देख्नुहुन्छ कि बजारमा दिनहुँ अद्वितीय नवीनतम मार्केटप्लेस प्रवेश गरिरहेका छन् । यसले स्पष्ट रूपमा हामीलाई के भनिरहेका छन् भने नयाँ ईकमर्स स्टोरका लागि अझै पनि मौका छ ।

यो विचारलाई यस तथ्यले अझ बढी बलियो बनाएको छ कि अहिले कुल खुद्रा व्यापारको केवल ८ प्रतिशत मात्र अनलाइन छ । ईकमर्स स्टोर खोल्ने रुची भएका व्यक्तिहरुका लागि न्यूनतम आवश्यक कुरा भनेको तपाईंसँग अनलाइन खुद्रा व्यवसायमा प्रशस्त ठाउँ छन्, तपाईंसँग कुनै व्यावसायिक विचार छ जसले अहिलेको आवश्यकता पूरा गर्न सक्छ अथवा त्यसका लागि आवश्यकता बनाउन सकिन्छ भने, अघि बढ्नुस् र सुरु गर्नुस् ।

ई–कमर्स स्टोर खोल्न, रेडिमेड सुझावको कुनै अकाल छैन । एकल स्टोर स्थापना गर्न सबैभन्दा बढी सल्लाह दिइनेमा सोपिफाई, भोलुजन तथा बिगकमर्स हुन् । बहुल स्टोर (एट्सी, ईबे तथा अमेजनजस्ता) खोल्न योकार्ट र सिस्कार्ट मध्यम समाधान हुन् ।

अनलाइन विशेषज्ञ खोज्नु र भेट्ने समय लिनु

डाक्टर भेट्न लामो समयसम्म लाइनमा उभिनु पर्दा कति पीडा हुन्छ ? थाहा छ नि १ यसैगरी, यदि तपाईं अन्य कुनै पेशाका विशेषज्ञ जस्तै मानलिउँ कानुन व्यवसायी खोज्दै हुनुहुन्छ भने समयमा यिनीहरुलाई भेट्न कम्ता गाह्रो त हुँदैन !

यो समस्या समाधान गर्न अहिले विभिन्न उद्योगका विशेषज्ञ खोज्ने अनलाइन प्लेटफर्म छन् । यी प्लेटफर्मले न केवल व्यावसायिक विशेषज्ञका अनलाइन निर्देशिकाको रूपमा काम गर्छन् बरु हामीलाई उनीहरुले दिने सेवाको गुणस्तर र विश्वसनीयताका बारे पनि जानकारी दिन्छन् । यतिमात्र हो र, मेडिकोमा (Medikoma.com) जस्ता अनलाइन एपोइन्टमेन्ट लिन प्रेरित गर्ने प्लेटफर्मले डाक्टरलाई भेट्ने समयतालिका दिएका हुन्छन् र अनलाइन एपोइन्टमेन्ट लिन सकिन्छ । यी व्यावसायिक विशेषज्ञ खोज्ने व्यवसाय–बजार भविष्यको राम्रो स्कोप हो, किनकि यस्ता प्लेटफर्महरुले हामीलाई विस्तारै यसरी अनलाइन एपोइन्टमेन्ट लिने बानी पार्दैछन् ।

तपाईंले डाक्टर, रियल इस्टेट एजेन्ट, वकिल, मनोरञ्जन प्रदायक, ब्युटिसियन, इमिग्रेसन एजेन्ट आदिका लागि एउटा खोज पोर्टल खोल्न सक्नुहुन्छ । यसमा तपाईंले केवल एउटा कुरामा त्तयान दिनुपर्छ, त्यो हो तपाईंको लक्षित बजार । किनकि विश्वभरि यस किसिमका कैयौं पोर्टल स्थापित छन् ।

निष्कर्ष

मलाई थाहा छ, नियमित रूपले अनलाइन पैसा कमाउने आइडियाका विपरीत, यी व्यावसायिक विचार केही व्यक्तिलाई अलि बोझ लाग्न सक्छ । तर, जस्तो कि यस पोस्टमा मैले पहिले नै उल्लेख गरेको छु, कि यसमा सफलता पाउन उन्नत प्राविधिक समाधान र अनलाइन उपकरणका साथ केही अतिरिक्त प्रयासले सुरू गरे सम्भव हुन्छ । र यो प्रयासमा त्यही सानो अन्तरले पछि पाइने प्रतिफलको अन्तर निकै ठूलो हुनेछ ।

त्यहाँ धेरै अवसर छन्, तर अन्त्यमा रोजाइ तपाईंको हो । तपाईं अहिलेको आफ्नो सजिलो क्षेत्रमा बसेर साना माछा समात्ने कि, अलिकति अतिरिक्त प्रयास गरेर ठूलो माछा !

(आन्ट्रप्रेनियर इन्डियाको अनलाइन संस्करणमा प्रकाशित एफएटीबिट टेक्नोलजिजका संस्थापक सीईओ मनीष भल्लाको लेखको अनौपचारिक अनुवाद । यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।)