डिश होमको अध्यक्षमा  ढकाल, भट्टचन बाहिरीए

डिश मिडिया नेटवर्कको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् ।  सञ्चालक समितिको बैठकले देवीप्रकाश भट्टचनले दिएको राजिनामा स्वीकृत गरि ढकाललाई अध्यक्षमा चयन गरेको हो ।
ढकाल आइएमई समूहका प्रवन्ध निर्देशक हुन । उनि यस अघि डिश मिडिया नेटवर्कको सञ्चालक समिति सदस्य थिए । यस्तै डिश होमको प्रवन्ध निर्देशकमा सुदिप आचार्य चयन भएका छन्।
भट्टचनले विहिबार अध्यक्ष पदबाट राजिनामा दिएका थिए । अध्यक्षबाट राजिनामा दिएका भट्टचनको नेतृत्वमा प्रभु टिभी सञ्चालनमा आइसकेको छ ।