सुजुकीले ल्यायो क्यारियो द पर्फेक्ट कार

नयाँ क्यारियोमा परीक्षित तथा प्रमाणित अवार्ड विजेता के१० इन्जिनको प्रयोग गरिएको छ । सो इन्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै श्रेणीमै सर्वाधिक दाबी गरिएको २३ दशमलव १ किलो मिटर प्रतिलिटर माइलेज दिने क्षमता राख्छ ।

सुजुकीका चारपाङ्ग्रे सवारीसाधनका लागि नेपालको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले लोकप्रिय प्यासेन्जर कार क्यारियोका नयाँ फेसलिफ्ट भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । द पर्फेक्ट फ्यामिली कारका रुपमा सार्वजनिक गरिएको क्यारियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ ।

नयाँ क्यारियोमा परीक्षित तथा प्रमाणित अवार्ड विजेता के१० इन्जिनको प्रयोग गरिएको छ । सो इन्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै श्रेणीमै सर्वाधिक दाबी गरिएको २३ दशमलव १ किलो मिटर प्रतिलिटर माइलेज दिने क्षमता राख्छ । सार्वजनिक नयाँ फेसलिफ्ट (परिष्कृत) कारमा समयसापेक्ष रुपमा नयाँ फ्रन्ट ग्रिल र स्टाइलिस फ्रन्ट बम्पर एसेम्ब्लिङको प्रयोग गरिएको छ । कारको पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कारलाई पुरानाका तुलनामा हेर्दा फराकिलो लुक्स प्रदान गरेको छ । यो कार बाहिरबाट हेर्दा मात्र ट्रेन्डी नभई कारको भित्री सजावटमा समेत आरामदायी अनुभव दिने सोचका साथ उपयुक्त सिट तथा फेब्रिक्सको प्रयोग गरिएका छन् ।

आकर्षक डिजाइनका साथै कार्य प्रदर्शनीलाई विशेष ध्यानमा राखी यसमा आरामदायी परिचालन अनुभवका लागि विभिन्न फिचर्स पनि समाहित गरिएका छन् । क्यारियोमा एक सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, ४ दशमलव ७ मिटरको न्यूनतम टर्निङ रेडियस उपलब्ध छ । त्यसैगरी २ हजार ४ सय २५ एमएमको ठूलो ह्विल बेस, आवश्यकताअनुसार समायोजन गर्न मिल्ने एड्जस्टेबल सिट, विद्युतीय माध्यमबाट समायोजन गर्न सकिने ओआरभीएम्स, अटो डाउन ड्राइभर पावर विन्डो, किलेस इन्ट्री, इलेक्ट्रिक पावर स्टेरिङ, पावरफुल एयर कन्डिसनिङ, २ डिन सङ्गीत प्रणाली, ब्लुटुथ ह्यान्ड्स फ्रि प्रणालीलगायत फिचर्स उपलब्ध छन् ।

चार वर्षे वारेन्टी तथा ८ निःशुल्क सर्भिसिङ सुविधासहित उपलब्ध हुने कारको सुरुवाती मूल्य कम्पनीले २३ लाख ३९ हजार रुपैयाँ तोकेको छ ।