सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गरेकाले कम्तीमा १४ प्रतिशत मूल्य वृद्धि हुने दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले बताए ।
साउनदेखि फोन तथा इन्टरनेट सेवा साढे १४ प्रतिशतसम्म महँगो हुने भएको छ । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गरेकाले कम्तीमा १४ प्रतिशत मूल्य वृद्धि हुने दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले बताए ।
टेलिफोनमा ११ प्रतिशत रहेको दूरसञ्चार शुल्क १३ प्रतिशत पुर्याएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो । टेलिफोन सेवामा करिब ३ प्रतिशत मूल्य बढ्ने अनुमान प्रधिकरणको छ । एनसेल, नेपाल टेलिकम, सुविसुलगायत विभिन्न सेवाप्रदायक कम्पनीले पनि साउनबाट शुल्क बढ्ने जनाएका छन् ।
सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ । यो शुल्क वृद्धिसँगै इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले पनि साउन १ गतेबाट इन्टरनेटको शुल्क वृद्धि गर्ने तयारी गरेका छन् ।