कोना इलेक्ट्रिकमा लिथियमआयन ब्याट्रीको प्रयोग गरिएको छ । यसलाई ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।
नेपाली अटो बजारमा हुन्डाईको विद्युतीय कार भित्रिने भएको छ । नेपालका लागि हुन्डाई मोटरको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले हुन्डाई कोना इलेक्ट्रिक ल्याउने बताएको छ । कम्पनीले उत्कृष्ट पावरटे«नका साथ हुन्डाई कोना इलेक्ट्रिक कार आगामी सेप्टेम्बरमा ल्याउने तयारी गरेको छ ।
बजारमा विद्युतीय कारको लोकप्रियता बढ्दै गएकाले हुन्डाईको कोनाले नेपाली अटो बजारलार्ई थप उत्साह दिने कम्पनीको विश्वास छ । कोना इलेक्ट्रिकमा लिथियमआयन ब्याट्रीको प्रयोग गरिएको छ । यसलाई ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । गाडीमा सय किलोवाटको चार्जर प्रयोग गरिएको छ । गाडीलाई स्ट्यान्र्डर्ड एसी चार्जबाट रिचार्ज गर्ने हो भने छ घन्टा समय लाग्ने बताइएको छ ।
कोना इलेक्ट्रिकले एक पटक फुलचार्ज हुँदा तीन सय किलोमिटर माइलेज दिनेछ । त्यसका लागि यसमा ३९.२ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ ।
यसमा दिइएको इलेक्ट्रिक मोटरले एक सय ३४ एचपीपावर र तीन सय ९५ एनएम टर्क उत्पादन गर्छ । कारले ९.७ सेकेन्डमा शून्यबाट सय किलोमिटरको गति लिन सक्छ । कारको टप स्पीड १ सय ५५ किलोमिटर प्रतिघन्टा छ ।