नयाँ वर्ष र क्रिसमसमा नयाँ सामान किन्दै हुनुहुन्छ ? यी ठाउँमा जानुहोस्, छुटैछुट पाउनुहुनेछ

व्यापारीले ग्राहकलाई आकर्षित गर्न भए पनि छुट दिने गरेका छन् । धेरै नाफा नखाएर भए पनि छुट दिइएको उनीहरुको भनाइ छ । क्रिसमस तथा नयाँ वर्ष आउन केही दिन बाँकी रहे पनि बजार सिँगार्ने क्रम बढेको छ ।

नजिकिँदै गरेको क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षलाई दृष्टिगत गरी व्यवसायीले आफ्ना सामानको बिक्रीमा ५ देखि ५० प्रतिशतसम्म छुट अफर सार्वजनिक गरेका छन् । नयाँ वर्ष र क्रिसमसमा उपभोक्ताले नयाँनयाँ सामग्री खरिद गर्ने र छुट अफर खोज्ने भएकाले व्यवसायीले यस्ता योजना ल्याएका हुन् ।

विषेशगरी, कपडा, इलेक्ट्रिक सामग्री, फर्निचरका साथै कस्मेटिक्सका सामग्रीमा ५ देखि ५० प्रतिशतसम्म छुट दिएका छन् । सिभिल मल, सिटी सेन्टर, भाटभटेनी सुपरमार्केट, राइजिङ मल, दरबारमार्गका सोरुमले छुटसहित सेवा उपलब्ध गराउँदै आएका छन् ।

नयाँ वर्षमा व्यापार पनि बढी हुने र ग्राहकले पनि छुट खोज्ने गरेकाले यस्तो अफर ल्याएको सिटी सेन्टरका व्यवसायी विष्णुप्रसाद मैनालीले बताए । ‘नेपालमा यस्ता खाले चाडबाडमा नेपालीहरु छुट अफर खोज्न बानी परेका हुन्छन्,’ उनी भन्छन्, ‘ग्राहकको भावनालाई बुझेर व्यापारीहरुले छुट अफर राख्छन् ।’

सिभिल मलका व्यापारीका अनुसार किनमेलका हिसाबले हेर्दा व्यापार न्यून भए पनि क्रिसमसलाई नै लक्ष्य गरेर मानिस किनमेल गर्न आउने गर्छन् । कतिपय अवस्थामा मानिसहरु सामान किन्नभन्दा पनि घुमघाम गर्न मात्रै पनि आउने गरेको व्यापारीहरु बताउँछन् ।

व्यापारीले ग्राहकलाई आकर्षित गर्न भए पनि छुट दिने गरेका छन् । धेरै नाफा नखाएर भए पनि छुट दिइएको उनीहरुको भनाइ छ । क्रिसमस तथा नयाँ वर्ष आउन केही दिन बाँकी रहे पनि बजार सिँगार्ने क्रम बढेको छ । धेरैजसो मल तथा सपिङ सेन्टर, भाटभटेनी, सिटी सेन्टर, राइजिङ मल, केएल टावरलगायतका ठाउँमा मानिसको चहलपहल रहेको छ । जाडो यामसँगै क्रिसमस र नयाँ वर्षको कारण बजारमा कपडा, इलेक्ट्रोनिक तथा अन्य विभिन्न किसिमका पसलमा अफर तथा विशेष छुट दिएको छ । जाडो यामलाई लक्ष्य गरेर सिटी सेन्टरका केही व्यवसायीले ५० प्रतिशत छुट दिएका छन् ।
त्यसैगरी क्यू एन्ड यूले पनि फर्निचरका सामान (सोफा, खाट, दराज)मा ५० प्रतिशत छुट दिएको छ । त्यस्तै, इलेक्ट्रिक, घरायसी र सजावटका सामग्रीका लागि ५ प्रतिशत मात्र छुट दिएको छ ।