कलङ्की मालपोतमा कृषि मन्त्री खनालको अनुगमन, सेवाग्राहीको कामलाई प्राथमिकता दिन आग्रह

मालपोत कार्यालय पुग्नासाथ सेवाग्राहीका मन्त्री खनाल समक्ष गुनासो पोखेका थिए । उक्त मालपोतमा सेवाग्राही सेवा लिँदा घुस लिनुपरेको र विभिन्न बेतिथि रहेको थाहा पाएपछि मन्त्री खनालसहितको एक टोलीले छापा मारेको थियो । सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री खनालले प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीलाई १४ बुँदे निर्देशन दिएका थिए ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कलंकी मालपोत कार्यालयको अनुगमन गरेका छन । मालपोत कार्यालय पुग्नासाथ सेवाग्राहीका मन्त्री खनाल समक्ष गुनासो पोखेका थिए । उक्त मालपोतमा सेवाग्राही सेवा लिँदा घुस लिनुपरेको र विभिन्न बेतिथि रहेको थाहा पाएपछि मन्त्री खनालसहितको एक टोलीले छापा मारेको थियो । सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री खनालले प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीलाई १४ बुँदे निर्देशन दिएका थिए ।

उनले सेवाग्राहीको काम फटाफट किन भएन? के यो मालपोत भष्ट्राचारको अखडा हो? कित्ताकाटको विवरण के छ? लगायतका प्रश्नहरु तेस्याएका थिए । मन्त्रीको जवाफमा अधिकारीले सकेसम्म सेवाग्राहीलाई समस्या नपरोस् भनेर अनलाइनमार्फत फर्म भर्ने र डकुमेन्ट स्क्यान गरेर राख्न निर्देशन दिएको उनले बताए ।

उनले कहिलेकाही नेट राम्रोसँग नचल्दा समस्या हुने र आगामी दिनमा त्यसलाई सच्याएर सेवाग्राहीको कामलाई प्राथमिकतामा दिएर अगाडी बढ्ने बताए । अनुगमनमा राज्यमन्त्री रामकुमारी चौधरी, सचिव गोपीनाथ मैनाली सहित मन्त्रालयका टोली सहभागी थियो ।