नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाज मोटरसाइकलको नयाँ सोरुम सिराहामा सञ्चालनमा आएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड नेपालका लागि बजाजको अधिकृत बितरक हो ।
एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ सोरुम स्नेहा आटो जोन ,सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको छ । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ ।
नयाँ सोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउनेछ । एचएच बजाजले छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।
ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई सिराहामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । एचएच बजाज देशभरी रहेका ग्राहकहरुकालागि उच्च गुणस्तरको सेवाप्रदान गर्न प्रतिबद्ध छन्