मन्त्री बाँस्कोटाले टेलिकमको फोरजी लगायत अन्य दस परियोजनाको फाइल अख्तियारले रोकिदिँदा अलपत्र परेको बताएका थिए । ‘हामी टेलिकमको परियोजनालाई चिडियाखाना बन्न दिँदैनौं, उनले भने, ‘कुनै पनि हालतमा तोकिएको समयमा सो परियोजना सम्पन्न गर्छौं ।’
नेपालमा तीन ओटा दूरसञ्चार सेवाप्रदायक कम्पनीका साढे १६ लाखभन्दा बढी फोरजी सेवाप्रयोगकर्ता पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सर्वजनिक गरेको पछिल्लो रिपोर्टमा सो सङ्ख्यामा फोरजी सेवाग्राही पुगेको उल्लेख छ । गत चैतमा फोरजीका प्रयोगकर्ता १४ लाख ११ हजार थिए ।
नेपालमा छ ओटा दूरसञ्चार सेवाप्रदायक कम्पनीमध्ये तीन ओट कम्पनी– एनसेल, टेलिकम र स्मार्ट टेलिकमलले फोरजी सेवा दिएका छन् । यी तीन दूरसञ्चार कम्पनीबाट कुल १६ लाख ४५ हजार नौ सय ६९ जनाले फोरजी सेवा लिएका छन् ।
प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा बढी फोरजीका प्रयोगकर्ता एनसेलका ग्राहक छन् । एनसेलले फोरजी सेवा सुरु गरेको दस महिनामा १० लाख ३८ हजार एक सय ६३ जनाले यसको सेवा प्रयोग गरिरहेका छन् । एनसेलले हालसम्म मुलुकका २८ सहरमा फोरजी सेवा विस्तार गरिसकेको छ भने अन्य नपुगेका तथा विकट क्षेत्रमा पनि फोरजी सेवा विस्तार गर्ने योजनामा रहेको जनाएको छ । गत चैतको तुलनामा एन्सेलले तीन लाख बढी प्रयोगकर्ता थपिसकेको छ ।
एनसेलले अहिलेसम्म उपत्यका लगायत नगरकोट, बनेपा, धुलिखेल, पोखरा, दमौली, बिर्तामोड, धरान, विराटनगर, दमक, वीरगञ्ज, हेटौंडा, भद्रपुर, बुटवल, भैरहवा, नेपालगञ्ज, कोहलपुर, वीरेन्द«नगर, धनगडी, लाहान लगायतका २८ सहरमा तथा जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको जनाएको छ ।
सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले हाल सम्म दूई सरहमा मात्र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमका पाँच लाख ७४ हजार ७ सय ५२ जना प्रयोगकर्ता छन् । यो सङ्ख्या एनसेलको तुलनामा पाचँ लाखले कम हो । टेलिकमले अहिलेसम्म काठमाडौं र पोखरामा मात्र फोरजी सेवा सञ्चालन गरेको छ । एनसेलभन्दा अघि सेवा विस्तार गरेको टेलिकमले अहिलेसम्म दुई सहरबाहेक अन्य सहरमा फोरजी सेवा विस्तार गर्न सकेको छैन ।
केही हप्ताअघि सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले १८ महिनाभित्र देशभर उच्च गुणस्तरको फोरजी सेवा पुग्ने प्रतिबद्धता व्यक्त गरेको थिए । उनका अनुसार टेलिकमको फोरजी विस्तार परियोजनाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रियाका लागि लगेकाले ढिलाइ भएको हो ।
मन्त्री बाँस्कोटाले टेलिकमको फोरजी लगायत अन्य दस परियोजनाको फाइल अख्तियारले रोकिदिँदा अलपत्र परेको बताएका थिए । ‘हामी टेलिकमको परियोजनालाई चिडियाखाना बन्न दिँदैनौं, उनले भने, ‘कुनै पनि हालतमा तोकिएको समयमा सो परियोजना सम्पन्न गर्छौं ।’
तर हालसम्म टेलिकमको फोरजी परियोजना टेन्डर प्रक्रियामै अलमल भइरहेको छ । करिब एक वर्षअघि टेन्डर खोलिएकोमा अहिलेसम्म कुन कम्पनीलाई दिने भनेर छलफल हुन सकेको छैन । मन्त्री बाँस्कोटा भने १८ महिनाभित्र कुनै पनि हालतमा परियोजना सम्पन्न गर्ने अठोट लिएका छन् ।
नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले फोरजी सेवा विस्तार गर्न केही ढिलाइ भएको बताइन् । ‘टेलिकमले अन्य सहरमा पनि फोरजी सुरु गर्ने भनेपनि टेन्डर मूल्याङ्कनमा अलमल रहेकोमा अब त्यो प्रक्रिया अन्त्य हुने क्रममा छ,’ वैद्यले भनिन्, ‘अब प्रक्रिया अघि बढ्दै छ ।’
नेपाल टेलिकमले २०१७ जुन १७ देखि काठमाडौं र पोखरामा फोरजी सेवा सञ्चालन गरेको हो । टेलिकमले सुरु गरेलगत्तै एनसेलले पनि सेवा सञ्चालनको अनुमति पाएको थियो । तीन ओटा कम्पनीले फोरजी सेवा सञ्चालन गरेसँगै बजारमा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले थप सुविधा पाउने प्राधिकरणको अपेक्षा रहेको प्रवक्ता अर्यालको भनाइ छ । उनका अनुसार अहिले स्मार्ट सेलका ३३ हजार ५४ प्रयोगकर्ता छन् ।
नेपालमा फोरजी सुरु भएको नौ महिना पुगेको छ । फोरजी सेवा दिने तीन कम्पनीमध्ये कसले गुणस्तरीय सेवा दिने भनी प्रतिस्पर्धा चलिरहेको छ । यी तीन कम्पनीमध्ये नेपाल टेलिकमले सबैभन्दा पहिला फोरजी सेवा सुरु गरे पनि टेलिकमभन्दा एनसेलका प्रयोग कर्ता बढी छन् ।