आफ्नो स्टार्टअप सपना साकार पार्ने १० उपाय

तर, तपाईं आफ्नो पहिलो आइडियाले कसरी अन्तिम सफलतासम्म पुग्नुहुन्छ ? हामीले ‘स्माल बिजनेस, बिग भिजन’ नामक पुस्तकमा यसबारेमा निकै चर्चा गरेका छौं । मलाई लाग्छ, एउटा विशाल दृष्टि कति महत्त्वपूर्ण हुन्छ, तर यसले कुनै अर्थ राख्दैन यदि यसबाट केही पाइएन भने ।

प्रत्येक उद्यम एउटा राम्रो विचारबाटै सुरू हुन्छ । त्यो विकास हुँदै जाँदा पछि एउटा सफल व्यवसायका रूपमा स्थापित हुन्छ । यसमा केही रुपमा भाग्यले पनि साथ दिन्छ ।

तर, तपाईं आफ्नो पहिलो आइडियाले कसरी अन्तिम सफलतासम्म पुग्नुहुन्छ ? हामीले ‘स्माल बिजनेस, बिग भिजन’ नामक पुस्तकमा यसबारेमा निकै चर्चा गरेका छौं । मलाई लाग्छ, एउटा विशाल दृष्टि कति महत्त्वपूर्ण हुन्छ, तर यसले कुनै अर्थ राख्दैन यदि यसबाट केही पाइएन भने ।
आफ्ना सपना साकार पार्न यहाँ दसओटा उपाय दिइएका छन्—

भिन्नता पुष्टि गर्नुहोस्
तपाईं यस कुरामा प्रस्ट हुनुपर्छ— तपाईंको उत्पादन अरु प्रतिस्पर्धीभन्दा कसरी भिन्न छ ? मानौं तपाईंको सपनामा एउटा नयाँ किसिमको सोसल मिडिया संलग्न छ, जसले तपाईंका ती दृश्यरचनालाई अनलाइन सङ्ग्रह बनाइदिन्छ, जसलाई मान्छेले सेयर गर्न सक्छन् । के तपाईं पिन्टरेस्ट, स्लाइडसेयर अथवा इन्स्टाग्रामको कुरा गर्दै हुनुहुन्छ ? तपाईंले आफूलाई भिन्न राख्नुपर्ने आवश्यक छ । यदि तपाईंको विचार स्पष्ट रूपले परिभाषित गरिएको छैन भने मान्छेले ‘त्यो त थियो, त्यो त भइसक्यो’ भन्न सक्नेछन् ।

समस्या पत्ता लगाउनुहोस्—आवश्यकता—तपाईंको आइडिया समाधानको उपाय बन्न सकोस्
के यसले केही गर्न समय घटाउँछ ? के यसले केही खोज्न सजिलो बनाउँछ ? के यसले कुनै चिजलाई अझै रोमाञ्चक अथवा बढी कार्य कुशलतात्मक बनाउन सक्छ ? तपाईंको उत्पादन या सेवाले कुनै पहिचानयोग्य समस्याको समाधान गर्न सक्दैन भने किन कसैले यसमा पैसा खर्च गर्छ ?

स्पष्ट र गहकिला शब्द प्रयोग गर्नुहोस्
यो यस्तो भन्ने बेला होइन, ‘यो अलि यस्तो हो कि …’ जस्ता सही सही शब्द चयन गर्नुस् र शब्दजालबाट बच्नुस् । यसको सट्टा त्यस्तो विवरणमा ध्यान दिनुस् जुन तपाईंको कल्पनालाई आगो लगाउन सकोस् । यदि आफ्नो आइडियाप्रति मान्छेलाई उत्साहित बनाउन सक्नु भएन तपाईंको दिमागभन्दा बाहिर यो कतै जानेवाला छैन ।

गृहकार्य गर्नुहोस्
के तपाईं यो आइडियामा पहिलो व्यक्ति हुनुहुन्छ ? कि तपाईंले प्रतिस्पर्धा गर्नुहुन्छ ? अनलाइन अनुसन्धान गर्नुस्, आफ्नो व्यावसायिक सम्मेलनमा जानुस्, विशेषज्ञहरुसँग कुरा गर्नुस् र सल्लाहकार खोज्नुस् । अब आफ्नो बाँकी रहेको काम पूरा गर्नुहोस् । तपाईं यो थाहा पाउन चाहनुहुन्न कि आफूले अमूल्य समय र पैसा खर्च गरेको ठाउँमा पहिले नै कोही पुगिसकेछ ।

फेरि आफ्नो गृहकार्य गर्नुहोस्
भलै तपाईंको जस्तो आइडिया अरु कसैसँग नहोला । तर, तर तपाईंले रोजेको विषयको समाधान गर्न कसैसँग अरु नै खालको आइडिया हुन सक्छ । आफूले गर्न खोजेको व्यवसायसँग सम्बन्धित जुनसुकै व्यवसाय हेर्नुस्, जसले तपाईंका सम्भावित ग्राहक खोस्न (तान्न) सक्छन् । तपाईं आफ्नो प्रतिस्पर्धाको निर्धारण र विश्लेषण गर्न सक्नुहुन्छ । तपाईं आफ्नै सहयोगका लागि यसो विचार गर्नुस्, तपाईंको उत्पादन अथवा सेवाका लागि मान्छेले पैसा खर्च गर्छन् कि समय ?

आफ्ना ग्राहक खुट्याउनुहोस्
तपाईंले ‘सबै’ भन्नुहुन्छ भने तपाईं अल्छी हुनुहुँदै छ अथवा आफैसँग जिस्किँदै हुनुहुन्छ । तपाईंको सेवा या उत्पादन सुरुमा कसले अपनाउँछन् ? के मान्छेहरुले पहिलेदेखि नै समय र पैसा खर्च गरेर अपनाइरहेको छोडेर तपाईंको आइडिया रोज्लान् ? अथवा यो त बिलकुल नयाँ रैछ भनेर पैसा र समय खर्चेलान् ? तपाईंले जे दिनुहुन्छ त्यसका साँच्चिकै–साँच्चिकैका ग्राहक को हुन् ? र, यसबारेमा कसलाई चेतना दिनुपर्छ वा कोसँग कुरा गर्नुपर्छ ?

आफ्नो स्रोतसाधन र आवश्यकता निर्धारण गर्नुहोस्
सुरू गर्न तपाईंलाई ठ्याक्कै के चाहिन्छ ? के तपाईं यसलाई चलनचल्तीका मानक उपकरण र सामग्रीहरुको प्रयोग गरेर आफ्नो बेसमेन्टमा बनाउन सक्नुहुन्छ ? के सबैकुरा सेवा वितरण गर्ने वेबसाइटमा निर्भर गर्छ ? के तपाईं एकलैले स्टार्टअप सम्हाल्न सक्नुहुन्छ कि तपाईंलाई एउटा टिम चाहिन्छ ? र यदि चाहिन्छ भने टिममा कोकस्ता मान्छे हुनुपर्छ ? तल्लोस्तरबाट आफ्नो आइडिया प्राप्त गर्न कति पैसा चाहिन्छ ? यो कुनै तीव्र गतिको प्रक्रिया होइन । अनुसन्धानमा उचित समय, आपूर्तिकर्ताको परीक्षण गर्न तथा औद्योगिक विज्ञ एवम् विशेषज्ञहरुसँग कुरा गर्ने अपेक्षा गर्नुहोस् ।

प्रतिरुप (प्रोटोटाइप) बनाउनुहोस्
हो, कुनै उत्पादनका लागि कठिन छ । तर यदि तपाईं सेवा दिँदै हुनुहुन्छ भने उत्तिकै महत्त्वपूर्ण छ । यदि तपाईं बनाउँदै हुनुहुन्छ भने तपाईंको प्रोटोटाइप एक खाले प्रक्रिया मानचित्र हुन सक्छ जुन ग्राहक सम्पर्क बिन्दुहरुको विवरण दिन्छ र आन्तरिक रूपले ग्राहकका आवश्यकताहरु पूरा गर्न बनाइएको हुन्छ । एउटा भौतिक प्रोटोटाइपले काम गर्नुपर्छ र कार्य, विश्वसनीयता तथा उत्पादन आवश्यकताहरुको स्पष्ट सुझबुझ सामेल गर्नुपर्छ । यदि तपाईं साँच्चिकै वास्तविक प्रोटोटाइप बनाउन सक्नुहुन्न भने कमसेकम विस्तृत फिचरसहितको कम्प्युटर-एडेड डिजाइन त राख्नुस् नै ।

हिसाब गर्नुहोस्
पूर्ण वित्तीय विश्लेषणबिना कुनै योजना पूरा हुँदैनन् । यस्तो हिसाबमा यथार्थपरक र ठोस राजस्व प्रक्षेपण तथा लागत समावेश हुन्छ । तपाईं अनुमानित ब्रेक–इभेन प्वाइन्ट र भविष्यको नाफा विस्तार गर्न सक्षम हुनुपर्छ । यदि तपाईंलाई यसमा सहयोग चाहिन्छ भने लिनुस् । गोलमटोल वित्तीय विवरणले पनि सबैभन्दा ठूलो आइडियालाई मार्न सक्छ ।

आफ्ना योजना लिपिबद्ध गर्नुहोस्
म त्यो पिचका बारेमा कुरा गरिरहेको छैन जुन सम्भावित धन मान्छेलाई दिनुहुन्छ – मेरो मतलब तपाईं आफ्नो सपना साकार पार्न आन्तरिक योजना बनाउनुहुन्छ । तपाईंले यसलाई कुनै ठाउँमा सुरक्षित राख्नुपर्छ, ताकि जब तपाईं भोलि उठेपछि थाहा होस् कि के गर्नुछ । यो फेरिँदै जान्छ, जाओस् ठीक छ । वास्तवमा, तपाईंको योजनालाई चलायमान बनाइराख्नु महत्त्वपूर्ण हो ।

जब तपाईं आफ्नो विशाल दृष्टिले छलाङ लगाउनुहुनेछ, तब तपाईं या त फड्को मार्नुहुनेछ, या दुर्घटनामा पर्नुहुनेछ अथवा उड्नुहुनेछ । तर, एउटा कुरा निश्चित छ, यदि तपाईंले केही गर्नुहुन्न भने केही पनि पाउनुहुन्न ।

लेखक उद्यमी, सल्लाहकार तथा योङ इन्टरप्रेनर डटकमका सहसंस्थापक हुन्, यहाँ व्यक्त गरेका विचार उनका निजी हुन् ।