वैदेशिक रोजगारमा ठगी भएको भन्दै लगभग २ हजार उजुरी

वैदेशिक रोजगार विभागकै कर्मचारी अनियमितामा बढी संलग्न हुँदा कामदार ठग्ने म्यानपावरलाई समेत कारबाही भएको छैन । विभागले कुनै कारबाही नगर्दा संस्थागत तथा व्यक्तिगत उजुरीको सङ्ख्या पनि बढ्दै गएको छ । विभागका अनुसार जेठसम्म संस्थागत ठगीभन्दा व्यक्तिगत ठगीका उजुरी धेरै छन् ।

आर्थिक वर्ष २०७४/२०७५ को जेठ महिनामा वैदेशिक रोजगार विभागमा एक हजार नौ सय ५६ ओटा ठगीका उजुरी परेका छन् । सरकारले वैदेशिक रोजगारीमा जाँदा हुने ठगी नियन्त्रण गर्न खोजिरहे पनि दलाल र म्यानपावर कम्पनीले विदेश पठाउने नाममा कामदारलाई गर्ने ठगीको सङ्ख्या बढ्दो छ ।

वैदेशिक रोजगार विभागकै कर्मचारी अनियमितामा बढी संलग्न हुँदा कामदार ठग्ने म्यानपावरलाई समेत कारबाही भएको छैन । विभागले कुनै कारबाही नगर्दा संस्थागत तथा व्यक्तिगत उजुरीको सङ्ख्या पनि बढ्दै गएको छ । विभागका अनुसार जेठसम्म संस्थागत ठगीभन्दा व्यक्तिगत ठगीका उजुरी धेरै छन् ।

सरकारले जति नै नियमन र कडाइ गरेपनि वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगीमा कमी आएको छैन भने अर्कोतर्फ मुद्दा मिलाउने क्रम पनि बढ्दो देखिन्छ ।

वैदेशिक रोजगार विभागकै कर्मचारी अनियमितामा बढी संलग्न हुँदा कामदार ठग्ने म्यानपावरलाई समेत कारवाही भएको छैन । विभागले कुनै कारवाही नगर्दा संस्थागत भन्दा व्यक्तिगत उजुरीको सङ्या पनि बढ्दै गएको छ । म्यानपावरको भन्दा व्यक्तिगत ठगीको उजुरी विभागमा धेरै छन् ।

वैदेशिक रोजगार विभागमा एक हजार नौ सय ५६ उजुरीमा ९ सय ४१ ओटा उजुरी म्यानपावरविरुद्ध छन् । विभागको जेठ महिनासम्मको तथ्याङ्कअनुसार एक हजार सय १५ ओटा व्यक्तिगत उजुरी परेका छन् ।

व्यक्तिगत उजुरीमा ६६ करोड ९१ लाख ४१ हजार पाँच सय २३ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै संस्थागतमा २७ करोड ६४ लाख ६० हजार ६ सय १४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

उजुरीमध्ये व्यक्तिगततर्फ बढी मुद्दा दायर गरिएको छ भने मिलाउने (फरफारक) तर्फ संस्थागतको बढी छ । विभागका अनुसार व्यक्तिगततर्फ एक सय ७८ उजुरीलाई फरफारक गरिएको छ । त्यस्तै संस्थागततर्फ ७ सय ८६ उजुरीलाई फरफारक गरिएको छ ।

व्यक्तिगतका २ सय ८ उजुरीलाई अदालतमा मुद्दा दायर गरिएको छ भने संस्थागततर्फ कुनै पनि म्यानपावरविरुद्ध मुद्दा दायर गरिएको छैन । विभागबाट निर्णय गरेर २५ लाख पचास हजार रुपैयाँ संस्थागततर्फ जरिवाना भने गरिएको छ ।

नेपालबाट रोजगारीको सिलसिलामा जाने नेपाली कामदार दक्ष बनाई पठाउन कार्ययोजना बनाउन लागिएको वैदेशिक रोजगार विभागका सहसचिव कृष्ण ज्ञवालीले बताए ।

सरकारले विगतमा कुनै पनि क्षेत्रबाट अदक्ष कामदारलाई उचित किसिमको तालिम दिन नसकेको र अहिलेको सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपमूलक तालिम दिई दक्ष बनाई पठाउने उनको भनाइ छ ।

अहिले पनि नेपालबाट दैनिक हजारौं युवा बिनातालिम रोजगारीको खोजीमा बिदेसिने गरेका छन् । उक्त समस्यालाई सरकार तथा स्थानीय निकायबाटै समाधान गर्ने योजना बनाएको ज्ञवालीले बताए ।

अब श्रम रोजगार मन्त्रालय तथा अन्य रोजगारसँग संलग्न निकायको सहकार्यमा विभिन्न क्षेत्रगत अवलोकन गरी तालिम केन्द्र स्थापना गरी अगामी दिनमा रोजगारीको खोजीमा जाने युवालाई दक्ष जनशक्ति बनाएर पठाउनेमा सरकार सकारात्मक रहेको उनले दाबी गरे ।