क्राउन हिमालयजको प्याकेज सार्वजनिक, ३ हजार ५ सय मै डिलक्स रुम र ब्रेकफास्ट

होटल क्राउन हिमालयज पोखराले आउँदै गरको नयाँ वर्ष र क्रिसमसलाई केन्द्रीत गर्दै विभिन्न प्याकेज ल्याएको छ । होटल क्राउन हिमालयजले ४ हजार ५ सय रुपैयाँको डिलक्स रुमलाई तीन हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने र विहानीको ब्रेकफास्ट पनि दिने योजना ल्याएको हो । होटलले कपललाई उक्त मूल्य निर्धारण गरेको हो ।

त्यसैगरी, होटलमा जाने पर्यटकलाई पोखराका पर्यटकीय स्थलको अवलोकन पनि गराउने योजना ल्याएको हो । होटलका कार्यकारी निर्देशक आग्रह अर्यालका अनुसार पोखराको फेवाताल, सारङ्कोट, बेगनासताललगायत विभिन्न ठाउँको अवलोकन समेत गराउने बताए । तर, पर्यटकले त्यसका लागि थप पैसा तिर्नुपर्ने छ ।

धेरैजसो विदेशी तथा स्वदेशी पर्यटक नयाँ वर्ष तथा क्रिसमस नयाँ नयाँ ठाउँ घुम्न आउने भएकाले होटलले यस्तो प्याकेज ल्याएको हो । पोखरा आउने पर्यटकलाई दुइ देखि तीन दिनसम्म राख्नका लागि नयाँ नयाँ गन्तव्यमा घुमाउन लैजाने योजना बनाएको छ ।
‘पोखरा आउने पर्यटक कम्तिमा पनि दुईदेखि तीनदिनसम्म बस्न सकुन भन्ने हो,’ उनले भने, ।

होटलले विदेशी भन्दा पनि स्वदेशी पर्यटकलाई केन्द्रमा राखेर यस्तो योजना ल्याएको हो । ‘अहिले पोखरामा विदेशीको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या बढ्को छ,’ उनले भने, ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न हामीले यस्तो योजना ल्याएको हो ।’