यी फोनमा फोरजी भीओएलटीई सपोर्ट छ भने वाइफाई, ब्लुटुथ, जीपीएस, हेडफोन ज्याकलगायत फिचर छन् । टम्बो सन् २०१७ मा स्थापना भएको भारतीय कम्पनी अगस्टन मोबाइलले चिनियाँ ओईएम कम्पनीसँगको जोइन्ट भेन्चरमा ल्याएको मोबाइल ब्राण्ड हो ।
नेपाली बजारमा भारतीय मोबाइल ब्रान्ड टम्बो प्रवेश गर्ने तयारीमा रहेको छ । टम्बोले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोन सार्वजनिक गरेको थियो, जुन अब नेपाली बजारमा पनि उपलब्ध हुन लागेका हुन् ।
टम्बो मोबाइल शङ्कराचार्य मोबाइल प्रालिले आधिकारिक रुपमा आयात तथा बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फिचर फोनहरु बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले हाल ६ मोडलका बार फोन र दुई मोडलका स्मार्टफोन ल्याउन लागेको हो । स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्ने तयारी गरेको छ, जुन सस्तो मुल्यमा आउनेछ । टम्बो ब्राण्डका फिचर फोनहरु १ हजार रुपैयाँदेखि उपलब्ध हुनेछन् ।
टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनमा २ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र एक वर्षको स्क्रिन रिप्लेसमेन्ट सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । टम्बोका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनमा प्रिमियम स्मार्टफोनमा हुने फेस रिकग्निसन, फिङ्गरप्रिन्ट सेन्सरलगायतका फिचर राखिएका छन् ।