पशुजन्य वस्तुको आयातमा ५ प्रतिशत अग्रिम आयकरले व्यापारी मारमा

सरकारले दोहोरो आयकर लिने तर, व्यवसायीले भने आयात भएका पशुजन्य कच्चा वस्तुको बजार मुल्य अनुसार विक्रि गर्नुपर्ने बाध्यता आउने भन्दै त्यो निर्णय सच्याउनुपर्नेको उनको भनाई छ । विदेशबाट आयात हुने पशुजन्य वस्तुको ढुवानी गर्दा हुने जोखिम, विमाको व्यवस्था नहुँदा मर्कामा परेको उनको जोड छ । उनका अनुसार नाफामा लाग्ने कर आयकरलाई सरकारले यथावत राखी अग्रिम आयकर ५ प्रतिशत थप गर्ने निर्णयले अहिलेको बजार मुल्य बढाउने उल्लेख गरे ।

सरकारले कृषि क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुका आयातमा यस अगाडीको व्यवस्थालाई यथावत् राख्दै ५ प्रतिशत अग्रिम आयकर लिने निर्णयले व्यापारी मारमा परेका छन । सरकारले आर्थिक बर्ष २०७५÷०७६ को आर्थिक विधेयकको दफा ९५(क) को ७ मा पशु वस्तु आयात गर्दा ५ प्रतिशत अग्रिम आयकर लिने निर्णय विरूद्द व्यापारीहरूले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन ।

यसअगाडी ५ प्रतिशत कृषि शुल्क लिने गरेको त्यस्मा अहिले अग्रिम आयकर ५ प्रतिशत थपिएपछि १० प्रतिशत गरी दोहोरो आयकर शुल्क तिर्नुपर्ने बाध्यता रहेको व्यापारीहरुको गुनासो छ । यसले व्यापार धरासायी हुने र आयातित पशुजन्य वस्तुको मुल्य बढ्दा उपभोक्ता पनि मारमा पर्ने भएकाले तत्काल यो निर्णय सरकारले सच्याउनुपर्ने काठमाडौ चौपाया खरिद विक्रि प्रालिका सचिव जीवनलाल खतिवडाले जानकारी दिए ।

सरकारले दोहोरो आयकर लिने तर, व्यवसायीले भने आयात भएका पशुजन्य कच्चा वस्तुको बजार मुल्य अनुसार विक्रि गर्नुपर्ने बाध्यता आउने भन्दै त्यो निर्णय सच्याउनु पर्नेको उनको भनाई छ । विदेशबाट आयात हुने पशुजन्य वस्तुको ढुवानी गर्दा हुने जोखिम, विमाको व्यवस्था नहुँदा मर्कामा परेको उनको जोड छ । उनका अनुसार नाफामा लाग्ने कर आयकरलाई सरकारले यथावत राखी अग्रिम आयकर ५ प्रतिशत थप गर्ने निर्णयले अहिलेको बजार मुल्य बढाउने उल्लेख गरे ।

अहिले कृषि मेसिनरी, पशुजन्य वस्तु लगायत अन्य वस्तुको आयातमा सरकारले अग्रिम ५ प्रतिशत आयकर तोकेको छ । अहिले मासिक ११ हजार खसी, बोका छिमेकी भारत र चीनबाट आयात हुने गरेको उनले बताए । उपत्यकामा मात्रै ७० प्रतिशत खसी, बोका छिमेकी देशबाट आयात गर्नुपर्ने बाध्यता छ । अग्रिम आयकर बृद्धिले बजार मुल्य बढ्ने र बस्तुको अभाव सिर्जना हुन सक्ने खतिवडाको भनाई छ ।