व्यावसायिक आइडिया धेरै छन्, तर पर्याप्त समय छैन भने यी कुरा मनन गर्नुहोस्

यस्तो विचार चयन गर्नुस् जुन तपाईंले जे चाहेको हो, त्यससँग तपाईंको अहिलेको जीवनसँग तथा निकट भविष्यमा पनि राम्रो तालमेल होस्, किनकि तपाईं आफ्नो समुन्नतिका लागि आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्झौता गर्न जाँदै हुनुहुन्छ ।

प्रश्न: म पेन्सिलभेनिया राज्यमा बस्छु, मसँग यति धेरै व्यावसायिक विचार छन् कि कुनचाहिँ छानौं, अलमलमा छु । मलाई तपाईंले यस्तो सल्लाह दिनुहोस्, जसबाट मलाई विकल्प थोरै होऊन् । यसका साथै, तपाईंले कुनै व्यवसाय सुरु गर्न र बन्द गर्न पनि मार्गदर्शन गर्न सक्नुहुन्छ ।
मेसन म्यारियन युनिभर्सिटी पार्क, पेन्सिलभेनिया
उत्तर: जब व्यावसायिक विचार आउँछन् जान्छन् – तपाईंको सन्दर्भमा आइ मात्रै रहन्छन् – सबैभन्दा कठिन काम भनेको ती विचारहरुलाई थोरैभन्दा थोरैमा सीमित गर्नु हो । यहाँ मैले तपाईंका विकल्पहरुलाई परिष्कृत गर्ने सुझाव दिएको छु ः

आफ्नो उद्देश्यबारे विचार गर्नुहोस् : तपाईं आफ्नो स्टार्टअपबाट के चाहनुहुन्छ ? के तपाईं कुनै उद्योग बन्द गर्न चाहनुहुन्छ अथवा अहिलेको विचारलाई पन्छाउन खोज्नुभएको हो ? यस्तो विचार चयन गर्नुस् जुन तपाईंले जे चाहेको हो, त्यससँग तपाईंको अहिलेको जीवनसँग तथा निकट भविष्यमा पनि राम्रो तालमेल होस्, किनकि तपाईं आफ्नो समुन्नतिका लागि आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्झौता गर्न जाँदै हुनुहुन्छ ।

आफ्नो बाटो पहिचान गर्नुहोस् : यदि तपाईं कुनै व्यवधानको बाटोमा हुनुहुन्छ भने तपाईंको अवधारणालाई शायद नयाँ लगानी तथा औद्योगिक पुँजी आकर्षित गर्न आवश्यक हुनेछ । ती विचारतर्फ लाग्नुस्, जुन ठूला लगानीकर्ताद्वारा समर्थित छन् तथा जसले ठूला र बढ्दो बजारलाई सम्बोधन गर्छन् ।

आफ्नो सबैभन्दा बलियो विचारमा ध्यान केन्द्रित गर्नुहोस् : तपाईंको कुनचाहिँ विचार सबैभन्दा नवीन र तपाईंको कम्पनीलाई दरिलो प्रतिस्पर्धी फाइदा दिन्छ भन्ने निश्चित गर्नुहोस् । ती विचारहरुलाई उच्च प्राथमिकता दिनुहोस्, जुन सजिलै अघि बढ्छन् तथा जसका लागि तपाईं प्रासङ्गिक स्टार्टअपको अनुभवसँग एउटा बलियो प्रबन्धन टिमलाई आकर्षित गर्न सक्नुहुन्छ । अनि, त्यस्तो विचारलाई छान्नुहोस् कि तपाईंले बजारलाई सबैभन्दा तीव्र तथा कुशलतापूर्वक प्राप्त गर्न सक्नुहोस् ।

उपर्युक्त व्यापार छनोट रणनीतिको उपयोग धेरैजसो उच्च गतिको प्रक्षेपणको अवधारणाका लागि गरिन्छ, जसले लगानी प्राप्त गर्न सक्छन् र छिट्टै बाहिर निस्कन सक्छन् । अर्कोतर्फ, यदि तपाईं एउटा राम्रो आइडियामाथि विचार गर्न चाहनुहुन्छ जहाँ सतहीस्तरबाट आफ्नो व्यवसाय गर्ने आवश्यकता छैन, त्यहाँ तपाईंको दृष्टिकोण थोरै फरक हुन सक्छ । मैले भन्न खोजेको यहाँ प्रस्ट्याउँछु ः

के तपाईं यसमा लगानी गर्न सक्नुहुन्छ ? ती तमाम विचारलाई उच्च प्राथमिकता दिनुहोस्, जसका लागि तपाईं धन जोड्न सक्नुहुन्छ । तपाईंलाई पूर्ण आत्मविश्वास हुनुपर्छ कि तपाईं केवल मित्र तथा पारिवारिक लगानीको उपयोग गरेर पर्याप्त पुँजीकरण गर्न सक्नुहुन्छ । साथै, यो सुनिश्चित गर्नुहोस् कि यो लक्ष्यले उपभोक्तालाई एउटा आकर्षक मूल्य प्रस्ताव प्रदान गर्छ जसले तपाईंको उत्पादन वा सेवालाई प्रतिस्पर्धाबाट अलग राख्छ ।

के तपाईंले यसबाट लाभ प्राप्त गर्न सक्नुहुन्छ ? ती अवधारणाहरुलाई प्राथमिकता दिनुहोस्, जसले उचित वित्तीय प्रतिफल दिनेछन्, तर, तपाईंलाई बजार हिस्सेदारीको असम्भव–स्तर प्राप्त गर्न आवश्यक हुँदैन । अर्को शब्दमा, एउटा यस्तो आइडिया खोज्नुहोस् जहाँ तपाईंलाई खाना पस्कन बजारको कुनै कुनाको आवश्यकता पर्दैन । तपाईंसँग बाहिरी लगानी थोरै भएको हुनाले तीव्र विकास न होला । त्यसकारण, बिना विशाल पुँजीगत खर्च, सुरुदेखि नै अस्तित्वमा रहन सक्षम हुनु नै मूल कुञ्जी हो ।

माथिका दुवै परिदृश्यबीच कारक फरक छैनन् । सबैभन्दा ठूलो भिन्नता पहिलोमा छ, तपाईं बाहिरी लगानीकर्ताको समूहलाई उत्तर दिनुहुनेछ । यिनीहरुको लक्ष्य जतिसक्दो चाँडो प्रतिफल लिनु हो, र यसले तपाईंलाई दबाब दिन्छ ।

दोस्रो परिदृश्यमा, समान्यतया तपाईंको कम्पनी बजारमा पुग्न, प्रगति गर्न, प्रतिफल दिन र नगद प्रवाह हुन जति धेरै समय लागे पनि प्रतिफल पाइएन भनेर साथीभाइ र परिवारले त्यति अत्याउँदैनन्, जति नयाँ लगानीकर्ता र औद्योगिक कम्पनीहरुले ताकेता गर्छन् ।

आफ्नो आइडिया चयन गरेपछि, अबको समय सहसंस्थापक र–अथवा कर्मचारीहरुको एउटा योग्य समूह गठन गर्ने हो । एक पटक गठन भएपछि, आफ्नो व्यावसायिक योजना विकास गर्नुहोस् र यसको कार्यान्वयनतिर लाग्नुहोस् ।

हेक्का राख्नुहोला, विचार भनेका पैसा हुन्, – यसको कार्यसम्पादनमा नै कैयौं कम्पनी र उद्यमीहरु बनिन्छन् । आफ्नो नियन्त्रणमा भएका व्यापारका पक्षहरुको नियन्त्रणले तपाईंको पक्षमा ती तमाम तत्त्वलाई प्रभावित गर्छन् जुन तपाईंका नियन्त्रणमा हैन बरु तपाईंको सङ्घर्षका अधीन छन् । र, आफ्नो नियन्त्रण र प्रभाव दुवैभन्दा परका दैनिक मुद्दाबारे नआत्तिनुहोस् । साथै ती चुनौतीहरुको आनन्द लिनुहोस् जुन तपाईंका बाटोमा आउँछन् । कुनै कालखण्डमा तिनीहरुले तपाईंलाई एएटा उद्यमीका रूपमा परिभाषित गर्नेछन् ।

(इन्टरप्रेनर अनलाइनमा प्रकाशित एलन लोबोकद्वारा लिखित लेखको अनौपचारिक अनुवाद । यसमा व्यक्त विचार उद्यमी योगदानकर्ता स्वयमका हुन् ।)