पेट्रोलियम पदार्थको मूल्य बढ्याे

नेपाल अायल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको  छ । निगमले राति मंगलबार १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १/१ रूपैयाँ बढाएकाे छ ।

भाेलिबाट पेट्रोलकाे १ सय १, डिजेल र मट्टीतेलकाे मूल्य ७८ रूपैयाँ हुने छ । निगमले ग्यासमा भने मूल्य समायोजन गरेकाे छैन । निगमले २ साताभित्र २ पटक मूल्य बढाएकाे हाे ।