रेनो सुपर हिट योजना

रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले ‘रेनो सुपर हिट’ योजना ल्याएको छ । जाडो यामको अवसर पारेर कम्पनीले उपभोक्तालाई ध्यानमा राख्दै योजना संचालनमा ल्याएको हो । जस अन्तर्गत ग्राहकले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने छन् । उक्त स्किममा रेनोका कुनैपनि कार खरिद गर्दा ग्राहकले छुट सुबिधा पाउने छन् ।

यस स्किम अन्तर्गत ग्राहकहरुले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने छन् । साथै एक बर्षको निशुल्क बीमा, एक बर्षको निशुल्क रोड ट्याक्स (सडक दस्तुर कर), दुई बर्षसम्म निशुल्क सर्भिसिङ साथै १ लाख सम्मको एक्स्चेन्ज बोनस पाउने सक्नेछन् । यो योजना रेनोका सबै डिलर तथा शोरुमहरुबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।