मिस नेपाल श्रृङ्खला खतिवडाले सुरु गरेको दुर्गममा हेल्थपोष्ट अभियानलाई ‘लक्ष्मण बाबु श्रेष्ठ स्मृती कोष’ले सहयोग गर्ने भएको छ । मिस नेपाल श्रृङ्खलाले हाल मकवानपुर जिल्लाको दुर्गम क्षेत्रका चेपाङ समुदायलाई लक्षित गरेर हेल्थपोष्ट निर्माण अभियान सुरु गरेकी छिन् ।
श्रृङ्खलाको उक्ता अभियानलाई श्रेष्ठ स्मृती कोषले साथ दिन लागेको हो । दुर्गमका विपन्न समुदायलाई गुणस्तरीय स्वास्थ सेवा पुर्याउने श्रृङ्खलाको विचार र सामाजिक कार्यको अङ्ग बन्न पाउनु आफैमा गर्वको विषय भएको प्रतिष्ठानले जनाएको छ ।