दरबारमार्गमा रोबोटले खाना सर्भ गर्ने ‘नौलो रेस्टुरेन्ट’

नौलोमा ४८ जनालाई रोबोटले खानाका विभिन्न परिकार सर्भ गर्नेछ । बिहान ९ देखि राति १० बजेसम्म सञ्चालन हुने नौलोमा १३ जना कर्मचारी किचेनमा मात्र कार्यरत छन् । तीन जना कर्मचारी वेटर रहेको व्यवस्थापन पक्षले जानकारी दिएको छ ।

विश्वका विकसित देशमा रोबोट प्रयोगले मानिसका कामलाई सहज बनाइदिएको कुरा कुनै नौलो होइन । नेपालमा पनि अब रोबोट प्रयोग गरिएको रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।

पुल्चोक इन्जिनियरङ क्याम्पसमा अध्ययनरत पाँच जना विद्यार्थी र दुईजना व्यवस्थापन क्षेत्रमा लागिपरेका युवाको जमातले पाइला टेक्नोलोजीमार्फत ‘रोबोट’ प्रयोग गरेर प्रविधीमैत्री रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । समूहका अनुसार नौलो सञ्चालनका लागि डेढ करोड रुपैयाँ लागत लागेको छ ।

नौलोमा ४८ जनालाई रोबोटले खानाका विभिन्न परिकार सर्भ गर्नेछ । बिहान ९ देखि राति १० बजेसम्म सञ्चालन हुने नौलोमा १३ जना कर्मचारी किचेनमा मात्र कार्यरत छन् । तीन जना कर्मचारी वेटर रहेको व्यवस्थापन पक्षले जानकारी दिएको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मेकानिकल इन्जिनियरिङ विषय पढ्दै गरेका रविन गिरी, सागर श्रेष्ठ, नीरज बस्नेत, वसिम अग्रम खान र दीपकमल भुसालले उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । रोबोटले टेबलबाटै डिजिटल प्रविधिमार्फत मेनु अर्डर गर्ने प्रणाली, अर्डर भएपछि रोबोर्ट आफैंले पानीदेखि परिकारसम्म सर्भ गर्ने ती युवाको भनाइ छ ।

विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘नौलो’को उद्घाटन गरेका छन् ।