आइडिया भर्सेस नेता : विजेता को ?

प्रत्येक संस्थापक र सहसंस्थापकलाई लगानीकर्ताद्वारा स्टार्टअपका लागि एउटा महत्त्वपूर्ण टिम बनाउन र स्टार्टअपलाई बचाइराख्न दबाब दिइन्छ । यसका लागि नेताले आफ्नो नेतृत्व क्षमता र शैली बुझ्नु महत्त्वपूर्ण हुन्छ, जुन सफलताका लागि सर्वोपरि हो, विशेष गरी स्टार्टअपमा ।

स्टार्टअपको सफलता एउटा सानदार विचारका साथसाथै प्रेरणादायक नेतामाथि निर्भर गर्छ । वास्तवमा अधिकांश समय यो नेतातर्फ झुक्छ, किनकि स्टार्टअपको ’विचार’ प्रत्याभूतिका लागि लगिन्छ । कुनै नयाँ लगानीकर्ता वा उद्यम पुँजीपतिका लागि, ’विचार’ सुन्न आफ्नो समय छुट्ट्याउनु अथवा व्यापार सम्भाव्यता आवश्यक सर्त हुन् । तर यो ‘नेता’ले बनाउँछ अथवा लगानी गर्ने पर्याप्त परिस्थितिको निर्माण गर्ने इच्छा राख्छ ।

एउटा टिम निर्माण गर्न र यसलाई बचाइराख्न कसैले नेतृत्व गर्नु आवश्यक छ तथा स्टार्टअपका सन्दर्भमा त सबैभन्दा बढी वाञ्छनीय हुन्छ । एप्पलका दूरदर्शी स्टिभ जब्सले १९८३ मा जोन स्कुलीलाई पेप्सी छोडेर विश्व परिवर्तन गर्न एप्पलसँग जोडिन कसरी आकर्षित गरे, तथा इन्फोसिसका एनआर नारायण मूर्तिले कम्पनीमाथि कसरी विश्वास गरेर १९९० मा इन्फोसिस नबेच्ने निर्णय गरे, सफल नेता हुन यी दुइटा क्लासिक उदाहरण हुन् ।

प्रत्येक संस्थापक र सहसंस्थापकलाई लगानीकर्ताद्वारा स्टार्टअपका लागि एउटा महत्त्वपूर्ण टिम बनाउन र स्टार्टअपलाई बचाइराख्न दबाब दिइन्छ । यसका लागि नेताले आफ्नो नेतृत्व क्षमता र शैली बुझ्नु महत्त्वपूर्ण हुन्छ, जुन सफलताका लागि सर्वोपरि हो, विशेष गरी स्टार्टअपमा ।

एउटा बलियो टिम निर्माण गर्नु नेताको केवल एउटा पाटो मात्र हो र स्टार्टअप नेतृत्वका अन्य कैयौं गुण छन्, जसले नेतृत्वलाई परीक्षणमा राख्ने छ । समाज विज्ञानमा नेतृत्व सबैभन्दा बढी शोध गरिएको विषयहरुमध्ये एक हो र नेतालाई बुझ्न र व्याख्या गर्न शोधकर्ताहरु सयभन्दा धेरै वर्षदेखि सङ्घर्ष गरिरहेका छन् ।

नेताहरुको क्षमता थाहा पाउने र भविष्यवाणी गर्ने आईक्यू र बिग फाइभ व्यक्तित्व विशेषता नै आजसम्म सबैभन्दा बढी समय–परीक्षण गरिएका दुई औजार हुन् । हुन त, मुख्य रुपले नेतृत्व कार्यलाई दुई ओटा साधारण आयामबाट हेर्न सकिन्छ– एउटा ‘सोचाइ’ र अर्को ‘कर्म’बाट । अब यसको अर्थ यो हैन कि यदि नेताको एउटा आयामलाई हेरिन्छ भने त्यसमा दोस्रोचाहिँ हुँदैन । यसको यतिमात्र आसय हो कि केवल प्रमुख आयामका आधारमा यी दुईमध्ये कुनै एउटालाई वर्गीकरण गर्न सकिन्छ ।

एक नेताका लागि, स्टार्टअप विचारसँग आफ्नो नेतृत्व शैलीको हुने तालमेल सफलताका लागि महत्त्वपूर्ण हुन्छ । नेता जो ‘थिङ्क’ श्रेणीसँग सम्बन्धित हुन्छ, ऊ ग्राहकका सम्भावित समस्याको समाधान गर्ने नव–उत्पादन निर्माणमा अरुभन्दा राम्रो सफलता पाउन सक्छ भने ‘कर्म’ वर्गको नेताले ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्न अत्यन्त कुशलतापूर्वक काम गर्न सक्छ ।

के तपाईंको स्टार्टअप आइडिया तपाईंको नेतृत्व शैलीसँग तारतम्य मिलेको छ ?

आन्त्रप्रेनर इन्डिया अनलाइनमा प्रकाशित एक्सएलआरआईमा मानव संसाधन व्यवस्थापनका छात्र स्वरुपद्वारा लिखित लेखको अनौपचारिक अनुवाद । यसमा व्यक्त विचार लेखकका निजी हुन् ।