नयाँ मूल्यसूचीअनुसार यामाहाको सबैभन्दा बढी बिक्री हुने यामाहा एफजेडएस–एफआई १५० सीसीको मूल्य २ लाख ७४ हजार ९ सय पुर्याइएको छ । यसअघि यो मोटरसाइकल २ लाख ६५ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भइरहेको थियो ।
यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता मोरङ अटो वक्र्सले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । नयाँ मूल्यसूचीअनुसार यामाहाको सबैभन्दा बढी बिक्री हुने यामाहा एफजेडएस–एफआई १५० सीसीको मूल्य २ लाख ७४ हजार ९ सय पुर्याइएको छ । यसअघि यो मोटरसाइकल २ लाख ६५ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भइरहेको थियो ।
त्यसैगरी एफजेडएस–एसईको मूल्य २ लाख ७८ हजार ९ सय बनाइएको छ । कम्पनीले १५० सीसी क्षमताका मोटरसाइकलमा ९ हजारले मूल्य बढाएको जनाएको छ । कम्पनीले सबैभन्दा बढी आर थ्री मोडलमा मूल्य बढाएको छ । ३२१ सीसी क्षमताको यो बाइकमा सरकारले बजेटमार्फत अन्तःशुल्क र सडक दस्तुरमा कर बढाएकाले यसको मूल्य धेरै बढेको हो ।
कम्पनीले बाइकको मूल्य अब ९ लाख २४ हजार ९ सय रुपैयाँ पुर्याएको छ । यसअघि ८ लाख ९५ हजार ९ सय रुपैयाँमा बिक्री हुँदै आएको यो भएको छ ।