१५ करोड लगानीमा ‘फिन–टिच’ ल्याउँदै अन्ट्रप्रेनर्स नेपाल

अन्ट्रपे्रनर्स नेपालले ‘साक्षर मात्र होइन वित्तिय साक्षर बनौं’ भन्ने नाराका साथ २ बर्षको कार्याक्रम सार्वजनिक गर्ने भएको छ । करिब १५ करोड रुपैयाँको बजेटसहित सार्वजनिक गर्न लागिएको सो कार्यक्रमले स्कुल, कलेजदेखि उद्यमशीलतामा लागेका उद्यमीहरुलाई वित्तीय रुपमा साक्षर बनाइने भएको छ ।

देशमा वित्तीय साक्षरता बढाउने उद्देश्यअनुरुप अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको छ । ४ वर्षको लामो अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम लन्च गर्न लागिएको अन्ट्रप्रनर्स नेपालका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका निर्देशक अस्मिता अधिकारीले बताइन् ।

सन् २०१४ मा स्थापना भएको अन्ट्रपे्रनर्स नेपालले सुरुमा देशमा उद्यमशीलता विकाससम्बन्धी काम गरेको थियो । तर, अनुसन्धानको क्रममा धेरै जसो नेपाली युवा युवतीहरु वित्तीय साक्षरता अभावकै कारण उद्यमशीलतामा सफलता हासिल गर्न नसकेको निष्कर्ष निष्किएपछि ‘फिन–टिच’ सार्वजनिक गर्न लागिएको उनले जानकारी दिईन । ‘हामीले सुरुवाती चरणमा देशमा उद्यमशीलता विकासका लागि गाउँगाउँमा गएर कार्यक्रम सञ्चालन ग¥यौं,’ उनले भनिन्, ‘तर, उद्यमशीलतामा लागेका धेरैजसो नेपाली वित्तीय साक्षरता आभावकै कारण आफ्नो व्यवसायबाट पलायन हुनु परेको निष्कर्ष आएपछि उद्यमशीलताको विकाससँगै वित्तिय साक्षरतालाई पनि सँगै लैजान ‘फिन–टिच’ कार्यान्यनमा ल्याउन लागेका हौं ।’

अन्ट्रपे्रनर्स नेपालले ‘साक्षर मात्र होइन वित्तिय साक्षर बनौं’ भन्ने नाराका साथ २ बर्षको कार्याक्रम सार्वजनिक गर्ने भएको छ । करिब १५ करोड रुपैयाँको बजेटसहित सार्वजनिक गर्न लागिएको सो कार्यक्रमले स्कुल, कलेजदेखि उद्यमशीलतामा लागेका उद्यमीहरुलाई वित्तीय रुपमा साक्षर बनाइने भएको छ । विशेषगरी फिन–टिचले ६ देखि ९ कक्षा, ११ र १२ कक्षा र उद्यमशीलतामा लागेका व्यक्तिहरुलाई लक्षित गरेर पाठ्यक्रम डिजाइन गरेको छ । जसले देशभरका स्कुलमा गएर १५ दिन, १ महिना र ३ महिनाको पाठ्यक्रम डिजाइन गरिएको अधिकारी बताउँछिन् ।

विशेषगरी एउटा परिवारको विद्यार्थीलाई स्कुल तहदेखि नै पैसा कसरी बचत गर्ने र त्यस्ता पैसा कुन ठाउँमा लागनी गर्ने भन्ने विषयमा जानकारी दिँदा त्यसको प्रभाव पुरै परिवारलाई वित्तीय रूपमा साक्षर पार्न सकिने सोहीअनुरुप पाठ्यक्रम तयार पारेर पढाउन लागिएको ज्ञवालीले जानकारी दिए ।

अन्ट्रपे्रनर्स नेपालले सबै क्षेत्रका विज्ञ राखेर अनुसन्धान गरी पाठ्यक्रम तयार गरेको थियो । उक्त अनुसन्धान गर्ने विज्ञ समूहमा बैंकिङ, बीमा, युवा उद्यमी, तथा आर्थशास्त्रीहरुको समुह गरेको छ । उक्त संस्थाको सल्लाहाकार समितिमा त्रिभुवन विश्वविद्यायलय प्रोफेसर राधेश्याम प्रधान, युवा बैङ्कर मनोज ज्ञवाली, बिमाविज्ञ डा. रवीन्द्र घिमिरे, इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष राजकुमार तिमिल्सिना र युवा उद्यमी तथा फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल छन् ।