एयरलाइन्सहरुले तिरे ७० करोड बक्यौता रकम

श्रेष्ठ विमानस्थल कार्यालयका प्रमुख हुँदा २ अर्ब २० करोड ४० लाख ४ हजार ६ सय १६ पैसा एयरलाइन्सले तिर्न बाँकी थियो । आफ्नो पालादेखिको बक्यौता रकम नै जोडेर श्रेष्ठ छानबिन समितिमा बसेका हुन् । श्रेष्ठ, महानिर्देशक गौतम र कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायकै मिलेमतोमा विमानस्थलको शुल्क उठ्न सकेको थिएन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई लामो समयदेखि बक्यौता नतिरेका अान्तरिक तथा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले ४ महिनामा ७० करोड बुझाएका छन् । लामो समयदेखि बक्यौता रकम हुँदा विमानस्थल कार्यालयले ताकेता गरेपछि एयरलायन्सहरुले उक्त रकम जम्मा गरेका हुन् ।

कार्यालयले मङ्सिर मसान्तसम्मको समय दिएर अान्तरिक तथा अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सहरुलाई बक्यौता तिर्न निर्देशन दिएको थियो । मङ्सिर मसान्तसम्म एयरलाइन्सहरुले ६९ करोड ६४ लाख रुपैयाँ दाखिला गरेका हुन् । यसमध्ये २ सातामा २२ करोड रुपैयाँ एयरलाइन्सहरुले बुझाएका हुन् । २०६६ सालदेखि तत्कालीन हवाई विभाग हुँदा देखिकै १ अर्ब ४८ करोड ३४ लाख ७४ हजार २ सय २० रुपैयाँ बक्यौता रकम तिर्न बाँकी थियो । जसमध्ये १ अर्ब ३६ करोड ३५ लाख ७ हजार ४ सय ९९ सञ्चालनमा रहेका एयरलाइन्सहरुले कार्यालयलाई बक्यौता राखेका थिए । कार्यालयले पटक पटक ताकेता गरेपछि करिब ७० करोड उठेको हो ।

लामोसमयदेखि रकम नउठेपछि मन्त्रालयको दबाबमा प्राधिकरणले उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । श्रेष्ठकै समितिले बुधबार आफ्नो प्रतिवेदन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई पेस गरेको हो । श्रेष्ठ विमानस्थल कार्यालयका प्रमुख हुँदा २ अर्ब २० करोड ४० लाख ४ हजार ६ सय १६ पैसा एयरलाइन्सले तिर्न बाँकी थियो । आफ्नो पालादेखिको बक्यौता रकम नै जोडेर श्रेष्ठ छानबिन समितिमा बसेका हुन् । श्रेष्ठ, महानिर्देशक गौतम र कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायकै मिलेमतोमा विमानस्थलको शुल्क उठ्न सकेको थिएन ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रदेवले बक्यौता रकम नउठाए महानिर्देशक गौतमलाई कारवाही गर्ने भनेपछि उनले हतारहतारमा आफुनिकट श्रेष्ठलाई संयोजक बनाएका थिए । मन्त्री जितेन्द्रदेवले गौतमको कार्यशैली शङ्कास्पद लागेपछि प्राधिकरणको महानिर्देशकबाट हटाउन मन्त्रिपरिषद्मा प्रस्तावसमेत लगेका थिए । निर्वाचनको समयमा भएकाले निर्वाचन आयोगले सहमति नदिँदा मन्त्री जितेन्द्रदेवले गौतमलाई हटाउन सकेनन् ।

प्रतिवेदनअनुसार बक्यौता रकममा नेपाल एयरलाइन्सको मात्र ६४ करोड २६ लाख ५७ हजार १ सय ५५ रुपैयाँ थियो । यसमध्ये नेपाल एयरलाइन्सले २७ करोड १ लाख ६८ हजार ३ सय ५२ रुपैयाँ तिरेको छ । त्यस्तै मलेसियाको एयर एसियाले २१ करोड ४७ हजार ४ सय १२ रुपैयाँ बक्यौतामा १४ करोड तिरेको छ । त्यस्तै मलेसियाकै मलेसिया एयरलाइन्सले ६ करोड ७५ लाख ४० हजार ४ सय ९० मा ५ करोड ८२ लाख ५३ हजार ६ सय ५९ रुपैयाँ दाखिला गरेको छ । इण्डियन एयरलाइन्सले ४ करोड ८६ लाख २७ हजार ६ सय २६ मध्ये ५६ लाख २४ हजार ९ सय ८० रुपैयाँ बुझाएको छ ।

सञ्चालनमा रहेका ६७ एयरलाइन्समध्ये ६५ एयरलाइन्सले रकम बक्यौता राखेका थिए । आन्तरिक एयरलाइन्समध्ये सबैभन्दा बढी सिम्रिक एयरलाइन्सले ३ करोड २१ लख ९५ हजार बक्यौता राखेको थियो । सिम्रिकले १ करोड ११ लाख दाखिला गरेको छ । त्यस्तै सौर्य एयलाइन्सको ३ करोड २० लाख १ हजार ५ सय ४८ रुपैयाँ बक्यौता थियो । सौर्यले १ करोड २८ लाख रुपैयाँ दाखिला गरेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक एयरलाइन्सले अब कार्यालयलाई ६६ करोड ३९ लाख ४६ हजार ३ सय ८ रुपैयाँ बुझाउन बाँकी छ ।

प्राधिकरण व्यवस्थापनले बक्यौता रकम उठाउनका लागि पहल गर्न कार्यालयलाई भनेपछि कार्यालयले विभिन्न एयरलाइन्सहरुलाई १५ दिनको समयदिँदै रकम दाखिला गर्न निर्देशन दिएको थियो । एयरलाइन्सहरुले यात्रुबाट लिएको सेवा शुल्कसहित विमानस्थलमा प्रयोग गरेका विभिन्न सेवाको रकम लामो समयदेखि तिरिरहेका थिएनन् ।

प्राधिकरणको २०६६ चैत ३ गतेको समितिको प्रतिवेदनअनुसार त्यो बेला ७ करोड ५४ लाख, २०५९ असार मसान्तसम्म ४९ करोड ८५ लाख, २०७२ असार मसान्तसम्म २ अर्ब ५६ लाख र २०७४ असार मसान्तसम्म २ अर्ब २० करोड रुपैयाँ बक्यौता थियो ।