स्वर्गीय उद्योगपति लक्ष्मणबाबु श्रेष्ठको नाममा स्थापना भएको कोषले मन्दिरको गेट बनाउन ७५ लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।
लक्ष्मणबाबु स्मृति कोषले पोखराको प्रसिद्ध बिन्दवासिनी मन्दिरको गेट बनाउन सहयोग गर्ने भएको छ । स्वर्गीय उद्योगपति लक्ष्मणबाबु श्रेष्ठको नाममा स्थापना भएको कोषले मन्दिरको गेट बनाउन ७५ लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।
स्मृति कोषको नगद सहयोगपछि अब मन्दिरको गेट बनाउने काम असोजबाट सुरु हुने बताइएको छ । कोष र मन्दिर विकास समितिबीच आइतबार हस्ताक्षर भएको कोषका सचिव राजेशबाबु श्रेष्ठले बताए ।
स्वर्गीय उद्योगपति लक्ष्मणबाबुले नेपालको पहिलो मनकामना केबुलकारको परिकल्पना गरेर सञ्चालनमा ल्याएका थिए ।