थाइ–लायन एयरको उडान बुधबारबाट

लायन एयरलाइनको पार्टनर थाइ–लायन एयरलाइन्सले २२ ओटा गन्तव्यमा उडान भर्ने गरेको छ । थाइ–लायनले नेपालमा बोइङ ७३७–८०० जहाजबाट उडान गर्नेछ ।

थाइ–लायन एयरको उडान बुधबारबाट हुने भएको छ । थाइल्यान्डको थाइ–लायन एयरले काठमाडौं बैङ्कक उडान गर्नेछ ।

थाइ–लायन एयरलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा सातै पटक उडान गर्ने गरी उडान अनुमति दिएको छ । विमानले सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । मध्याह्न पाने एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने विमान दिउँसो पौने २ बजे थाइल्यान्डका लागि उड्नेछ ।

लायन एयरलाइनको पार्टनर थाइ–लायन एयरलाइन्सले २२ ओटा गन्तव्यमा उडान भर्ने गरेको छ । थाइ–लायनले नेपालमा बोइङ ७३७–८०० जहाजबाट उडान गर्नेछ ।