सामसुङको जे ८ नेपाली बजारमा

जे ८ मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको कम्पनीले जनाएको छ । यसको डबल रियर क्यामराले स्मार्टफोनलाई अझ बढी आकर्षक बनाएको छ । यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा ब्याकग्राउन्ड तस्बिरलाई सहजै छुट्याउन सक्ने बताइएको छ ।

सामसुङले हालै नेपाली बजारमा ग्यालेक्सी जे ८ स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त स्मार्टफोन सामसुङको इन्फिनिटी सिरिजको एक हिस्सा हो । जसमा ६ इन्चको सुपर एमोलेड डिस्प्ले तथा डबल क्यामेरा छन् ।

जे ८ मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको कम्पनीले जनाएको छ । यसको डबल रियर क्यामराले स्मार्टफोनलाई अझ बढी आकर्षक बनाएको छ । यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा ब्याकग्राउन्ड तस्बिरलाई सहजै छुट्याउन सक्ने बताइएको छ ।

जे ८ मा १६ मेगापिक्सलको रियर सुटरको साथ १ दशमलव ७ अपर्चर तथा ५ मेगापिक्सलको साथ १ दशमलव ९ अपर्चर क्यामरा छन् । यसमा एन्ड्रोइड ओरिओ अपरेटिङ्ग सिस्टम छ । ४ सय ५० को स्न्यापड्रागनप्रोसेर राखिएको छ, जसले यसको कार्यक्षमतालाई मजबुत बनाएको छ । साथै यसमा ३५ सय एमएएच ब्याट्रि छ ।

सार्वजनिक गरिएको नयाँ स्मार्टफोनको नेपाली मूल्य ३३ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ । स्मार्टफोन नेपालका रिटेलहरुमार्फत यही महिनादेखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।