संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले भिजट नेपाल २०२० सफल बनाउन पिजे क्लबस“ग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
बुधबार फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैङ्क नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनीेको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले फोटो पत्रकारलाई व्यवसायिक बनाउन आफू लागि पर्ने बताए । उनले भने, ‘फोटोपत्रकार साथीहरुले फोटो खिच्नुहुन्छ । तर त्यसको मूल्य पाउनुहुन्न । तर हामी अब फोटोलाई उचित रकम दिएर व्यवसायिक बनाउने छौं ।’ फोटा प्रदर्शनी बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ ।
नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि सुरु भएको फोटो प्रर्दशनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका छन् प्रदर्शनी १६ गते बुधबारबाट २१ गते सोमबारसम्म जम्मा ६ दिन क्लबले जनाएको छ ।
फोटो प्रदर्शनीमा एक्सपेरिएन्स नेपाल कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरि सात विधाका उकृष्ट १ सय ६० फोटोहरु प्रर्दशनीमा रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले जानकारी दिए ।
कार्यक्रमका मन्त्री अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए । ‘नेपाल पर्यटकीय देश हो । यहाँका मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटोमार्फत विश्वमा प्रचारप्रसार गर्न सकिनेछ ।’ उनले भने ।
मन्त्री अधिकारीले फोटो पत्रकारलाई अहिले विकास भइरहेको प्रविधि र सोसल मिडियाले चुनौती बढाएको उल्लेख गर्दै फोटोपत्रकारले आफूलाई पनि उत्कृष्ट सावित गर्दै राम्रा फोटो खिच्न सुझाव समेत दिए । मन्त्री अधिकारी¬ले भिजट नेपाल २०२० लाई सफल बनाउन र नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पिजे क्लबस“ग सहकार्य गर्ने बताए । उनले भने ‘भिजिट नेपाल २०२० लक्ष्य पुरा गर्न हामीले पिजे क्लबस“ग सहकार्य गर्न तयार रहेको जनकारी दिए । खिचेका तस्बिर मार्फत हामी नेपालको प्रचारप्रसार गर्ने उनको भनाई थियो ।
उद्घाटन कार्यक्रममा बैङ्कका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकोले फोटो पत्रकारहरुले फोटो मार्फत पर्यटन प्रबद्र्धन गर्न आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष ढकालले पिजे क्लवसँगको सहकार्यलाई निरन्तरता दिइने प्रतिवद्धता दिए । उनले ‘फोटो प्रतियोगितामा हामी विगत केही वर्षदेखि साथै छौं । आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहने विश्वास राखेको छु ’ उनले भने
कार्यक्रममा क्लबका अध्यक्ष विकास कार्कीले फोटो प्रतियोगिता अबदेखि निरन्तर हुने जनकारी दिए । उनले नेपालमा मात्रै नभइ दक्षिण एसियालाई नै समेट्नेगरी ‘साउथ एसिया प्रेस फोटो कन्टेष्ट’ कार्यक्रमको आयोजना गर्ने तयारीमा क्लब रहेको बताए । ‘यसखालको ठूलो प्रतियगिता गर्न हामीलाई धेरै बजेट आवश्यकता पर्छ । यसको लागि सरकारले सहयोग गर्न सक्छ’ उनले भने ।
यसैगरी कार्यक्रममा फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले ७० हजार रुपैयाँ फुदन सदालाई हस्तान्तरण । फुदन सदा नरेन्द्र श्रेष्ठले खिचेको तस्बिरमा देखिएका मृतक कमल सदाका बुबा हुन् । श्रेष्ठको फोटो अफ दि इयर बन्न तस्बिरले १ लाख रुपैयाँ जित्न सफल भएको थियो । ७० हजार सदा परिवारलाई बाँकी ३० हजार केहीसमय अघि निधन भएका पत्रकार यादव थापाको परिवारलाई हस्तान्तरण गरे ।