फ्रेन्डरिक्वेस्ट र म्यासेज राेक्न फेसबुककाे नयाँ टुल

सोशल मिडियामा प्रयोगकर्तालाई दिक्क लाग्नेगरी फ्रेन्ड रिक्वेस्ट र म्यासेजलाई रोक्न फेसबुकले नयाँ टुल ल्याएको छ । यो नयाँ फिचर नक्कली एकाउन्टबाट आउने फ्रेन्ड रिक्वेस्टलाई पनि निषेध गर्न सक्छ ।

फेसबुकका ग्लोबल हेड अफ सेप्mटीका ऐंटिगन डेविसले बताए कि यदि कुनै युजरले कसैलाई ब्लक गरेको छ, र उसले फेरि अर्को नयाँ एकाउन्ट बनाएर पुनः सम्पर्क गर्ने कोशिश ग¥यो भने यो फिचरले त्यसलाई चिन्दछ र रोकिदिन्छ ।यो नयाँ टुलले प्रयोगकर्तालाई म्यासेन्जर कन्भर्सेशन इग्नोर गर्न र सेन्डरलाई ब्लक नगरीकनै उसको म्यासेजलाई इनबक्सबाट बाहिर गरिदिने विकल्प दिन्छ । डेविस भन्छन्, ’अब तपाइँ म्यासेजमा ट्याप गरेर कन्भर्सेशनलाई इग्नोर गर्न सक्नुहुन्छ ।

यसो गर्दा तपाइँलाई नोटिफिकेशन आउँदैन र कन्भर्सेशन स्वतः फिल्टर्ड म्यासेजेस फोल्डरमा गएर बस्छ । यो नयाँ फिचरका कारण युजर्सले पठाउनेले थाहै नपाउने गरी म्यासेज पढ्न सक्छ । हाललाई यो फिचर केवल एकल कन्भर्सेशनका लागि हो, तर, निकट भविष्यमै ग्रुप म्यासेजका लागि उपलब्ध हुनेछ ।’

फेसबुकले के पनि आशा गरेको छ भने यो नयाँ टुल महिला तथा पत्रकारहरुका लागि निकै सहयोगी हुनेछ, जुन सोशल मिडियामा प्रायजसो अपरिचित व्यक्तिहरुका अनलाइन उत्पीडनका शिकार बन्ने गर्छन् । यस्ता उत्पीडन धेरैजसो फेक एकाउन्टबाट गरिन्छ । फेसबुकले भनेको छ कि उसले यस फिचरको माध्यमले फेक तथा अप्रामाणिक एकाउन्टमा पनि रोक लगाउनेछ ।

’यो फीचरद्वारा फेक एकाउण्टहरु पहिचान गर्न सकिन्छ र दैनिक बन्ने यस्ता लाखौं एकाउण्टहरुलाई रजिस्ट्रेशनकै समयमा ब्लक गर्न सकिन्छ’, डेविसले बताए । उनी भन्छन्, ’हामी अब आईपी एड्रेस जस्तै अलग–अलग विभिन्न सिग्नलहरुको प्रयोग गरिरहेका छौं ताकि यो पत्ता लगाउन सकियोस् कि युजरद्वारा पहिलेदेखि नै ब्लक गरिएको व्यक्तिले पुनः फेक उकाउण्ट बनाएको हो भन्ने निक्र्यौल गर्न सकियोस् र फेरि पनि त्यस युजरलाई फ्रेन्ड रिक्वेस्ट पठाउन नसकोस् ।’