बिजनेस आइडिया, जसले तपाईंलाई सघाउन सक्छन्

परम्परागत, व्यक्ति–केन्द्रित, स्थिर व्यावसायिक योजनाले काम गर्दैन । तर्क एवम् कारण तथा विचारबाट व्यक्तिमा सुरू हुने योजनामा लगनशीलता, उत्साह र उद्देश्यको कमी हुन्छ ।

व्यावसायिक योजना जुन भविष्यमा हुने सबै सम्भावित परिवर्तनका लागि जिम्मेवार छ । जीवनमा कहिल्यै पनि व्यावसायिक योजना किन आउँदैन ? कतै लेखिएको थियो कि किन मान्छेहरु लगभग सबै आफैमाथि बस्छन् र धूलो थुपार्छन् ? जब कि उनीहरुले जुन भविष्यको वर्णन गर्छन्, त्यसले दिनको उज्यालो कहिल्यै देख्दैनन् तथा जुन व्यवसायको खाका उनीहरुले कोरेका हुन्छन्, त्यो किन अनिश्चित भविष्यको भुमरीमा रुमल्लिएको हुन्छ ?

परम्परागत व्यावसायिक योजना व्यक्तिकेन्द्रित हुन्छ; व्यापारीलाई लाग्छ कि यो एउटा यस्तो अभ्यास हो, जुन उनीहरुले गर्नुपर्छ । परम्परागत व्यावसायिक योजना बनाउनु सामान्यतया दुई सोचमध्ये एउटाद्वारा उब्जिन्छ—

  १. हामी उत्कृष्ट व्यावसायिक योजना बनाउँछौं, किनकि यो नै सबैभन्दा सफल व्यवसाय हो ।
  २. यदि हामी बाहिर जान र पैसा उधारो लिन चाहन्छौं भने हामीले एउटा व्यावसायिक योजना बनाउनुपर्छ ।

परम्परागत व्यावसायिक योजना पूर्णतया जानाजान गरिएका हुन्छन् । तिनीहरु विचारशील, विश्लेषणात्मक, पूर्ण, निर्णायक हुन्छन्– मानौं कि ‘स्मार्ट’ व्यवसायका सबै लक्षण ।

परम्परागत, व्यक्ति–केन्द्रित, स्थिर व्यावसायिक योजनाले काम गर्दैन । तर्क एवम् कारण तथा विचारबाट व्यक्तिमा सुरू हुने योजनामा लगनशीलता, उत्साह र उद्देश्यको कमी हुन्छ । र, एउटा यस्तो योजना जुन भविष्यमा हुने सबै प्रासङ्गिक परिवर्तनका लागि जिम्मेवार छ भन्ने धारणाबाट सुरू भएको हुन्छ, त्यो मसी सुक्नुभन्दा अघि नै पुरानो भइसक्छ ।

भिन्न स्थानबाट भिन्न सञ्चालन धारणाहरुको समूहबाट सुरू भएका व्यावसायिक योजनाले सधैं काम गर्नेछन् । यो मनकेन्द्रित दृष्टिकोणबाट सुरू हुन्छ, जसको अर्थ तपाईंसँग भावनाहरुको अनुभव गरी सुरू गर्ने हुन्छ । यस योजनाले न केवल परिवर्तनलाई सहन्छ, बरु यो तपाईंको भवनमा एउटा महत्त्वपूर्ण कारकका रुपमा परिवर्तित हुन्छ जसले तपाईंलाई सर्वोत्तम कार्यप्रणालीमा राख्नेछ ।

जब म उद्यमीहरुसँग काम गर्छु, त्यति बेला म तिनीहरुलाई जहाँबाट नेतृत्व गर्छु त्यसलाई म ‘द ड्रिमिङ रूम’ भन्ने गर्छु । यो पाइला व्यावसायिक योजनाभन्दा पहिलाकोे हो । ड्रिमिङ रूममा, हामीले आफ्ना व्यवसायको परिकल्पना तयार पार्यौं – तर भौतिक दृष्टिकोणले होइन । त्यसको साटो, हामी व्यवसायका दृष्टिकोणका बारेमा सपना देख्ने गर्छौं । तपाईं यसलाईं किन बनाउन चाहनुहुन्छ ? यसबाट को लाभान्वित हुन्छ ? विश्वमा यसको के अर्थ रहन्छ ? माथिका यी प्रश्नहरु बुझेपछि मात्र तपाईंले कुनै पनि प्रकारको रणनीतिक योजना लेख्न सक्नुहुन्छ, जसले तपाईंलाई साच्चै नै त्यहाँ पुर्याउनेछ ।

व्यावसायिक योजनाबीचको वास्तविक भिन्नताले सधंै काम गर्छ तथा परम्परागत व्यावसायिक योजना भनेको यस योजनाबारे सोच्ने र अनुभव गर्ने हो, तपाईंको दृष्टिकोण र योजनासँग तपाईंको सम्बन्धले सबै भिन्नता देखाउँछ ।

(आईएनसी डटकममा प्रकाशित ‘द ई–मिथ रिभिजिटेड’का लेखक माइकल ई. जर्बरको लेखको अनौचारिक अनुवाद ।)