सेवा आरम्भका अवसरमा २०७५ साउन १० गतेदेखि ३ महिनाका लागि प्रमोसनल अफरका रुपमा कम्पनीको नेटवर्कभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले वितरण गरिरहेको फाइबर–टु–द–होम (एफटीटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाका साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि सुरु गरेको छ । सेवा आरम्भका अवसरमा २०७५ साउन १० गतेदेखि ३ महिनाका लागि प्रमोसनल अफरका रुपमा कम्पनीको नेटवर्कभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमले जनाएको छ ।
आईपीबेस विधिअन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथसाथै भ्वाइस सेवा समेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिने जनाइएको छ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने छ ।
हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलङ्की र उपत्यकाबाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।